site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ग्यालेक्सी ए–२० नेपाली बजारमा
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सामसङ नेपालले नेपाली उपभोक्तामाझ ग्यालेक्सी ए२० स्मार्टफोन प्रस्तुत गरेको छ । कम्पनीले ग्यालेक्सी ए सिरिज अन्तर्गतको तेस्रो स्मार्टफोन नेपाली बजारमा सार्वजनिक गरेको हो ।
अर्थपूर्ण आविष्कारका साथ बजारमा प्रस्तुत गरिएको यो फोनले उत्कृष्ट कार्य प्रदर्शन गर्ने विश्वास कम्पनीको छ । फोनमा उत्कृष्ट ड्युअल क्यामेराका साथ अल्ट्रा–वाइड लेन्स, नेक्स्ट–जेन इन्फिनिटी–भी डिस्प्ले छ भने चाँडो चार्ज हुने शक्तिशाली ४ हजार एमएएचको ब्याट्री उपलब्ध छ ।
उत्कृष्ट अनुभव प्रदान गर्ने यस स्मार्टफोनमा आजका उपभोक्तालाई आवश्यक पर्ने सम्पूर्ण कुरा रहेको छ । यसमा शानदार भ्युइङ अनुभवका लागि ६.४ इन्चको एचडी इन्फिनिटी–भी डिस्प्ले राखिएको छ ।
फोनमा सुपर एमोलेड प्रविधि, इमर्सिव भिडियो भ्युइङको लागि बेस्ट कलर रिप्रोडक्सन रहेको छ । फोनमा भएको १३ मेगापिक्सेलको प्राइमरी लेन्सले कम उज्यालोको अवस्थामा पनि उत्कृष्ट फोटो खिच्न सकिने सुविधा प्रदान गर्दछ ।
ए२० मा एक्जीनस ७८८४, अक्टाकोर प्रोसेसर रहेको छ भने यसमा ३ जिबि र्याम तथा ३२ जिबि इन्टर्नल मेमोरी रहेको छ ।
ग्यालेक्सी ए२० को नेपाली बजार मूल्य २० हजार ४ सय ९० रुपैयाँ रहेको छ । यो सुनौलो, नीलो र कालो गरी ३ आकर्षक रंगमा उपलब्ध छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC