site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने भएको छ ।

कांग्रेसको मुख्यालय सानेपामा मंगलबार गरिएको पत्रकार सम्मेलनमार्फत २०७६ सालमा तीन चरणमा केन्द्रदेखि वडासम्म राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्ने जानकारी दिइएको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, "कांग्रेसले पहिलो चरणमा वैशाख ११ बाट एक महिना, दोस्रो चरणमा भदौ २४ बाट १५ दिन र तेस्रो चरणमा पुस १६ मा सम्पन्न हुनेगरी १० दिन राष्ट्रिय जागरण अभियान सञ्‍चालन गर्नेछ ।"

Prabhu Bank
Agni Group
NIC Asia

अभियानको नाम 'हिमाल, पहाड, तराइ मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान' राखिने प्रवक्ता शर्माले जानकारी दिए । 

प्रवक‍्ता शर्माका अनुसार अभियानका महासमितिबाट पारित दस्ताबेजबारे कार्यकर्तालाइ सु-सूचित गर्ने, एकता बढोत्तरी, जागरण अभिवृद्धि, नेपाली कांग्रेसको अगुवाइमा उपलब्ध राजनीतिक उपलब्धीबारे सम्प्रेषण, संविधान संशोधनबारे जनमत सिर्जना लगायतका १४ उद्देश्यहरु रहने छन् । 

Global Ime bank

प्रवक्ता शर्माले भने, "अभियान केन्द्रदेखि वडातहसम्म सञ्‍चालन हुनेछन्। जसअर्न्तगत काठमाडौंमाको अभियानलाई पार्टी सभापति शेरबहादुर देउवाले र अन्य जिल्लामा केन्द्रीय प्रतिनिधिले अभियानको उद्‍घाटने गर्नेछन् ।"

पत्रकार सम्मेलनमा बोल्दै उपसभापति विमलेन्द्र निधिले भने, " अभियानबाट कांग्रेसका पाँच लाख कृयाशिल सदस्य परिचालन हुनेछन । सद्स्य परिचालन हुनु भनेको पार्टीका लागि राम्रो कुरो हो । यसबाट जनता निराश हुँदैनन, जनतालाई फेरि आशा जाग्ने छ । जनतामा आशा जगाउनु राजनीतिक दलको कर्तव्य हो ।"

पत्रकार सम्मेलनमा कांग्रेसका उपसभापती विमलेन्द्र निधि र विजयकुमार गच्छ्दार, महामन्त्री शशांक कोइराला, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सीतादेवी यादवलगायतको उपस्थिति थियो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC