खेल
काठमाडौं । म्यानमारमा हुने एएफसी यू-१९ च्याम्पियनसिप छनोट दोस्रो चरणका लागि नेपाली टोलीको घोषणा भएको छ । प्रशिक्षक हरी ओम श्रेष्ठले दोस्रो चरणका लागि २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।
टोलीमा अन्जना रानामगर, रेविका राई, उषा नाथ, निशा थोकर, सुस्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, बिमला बिक, पुजा रानामगर, सलोनी थापा मगर, सबिता रानामगर, सरु लिम्बु, मन्जली योन्जन, मेनुका आलेमगर र अस्मिता वैद्य छन् ।
मनिषा राउत, सुहानी कुसुवार, प्रिति राई, सम्झना लावती, रश्मी घिसिङ, एलिसा जिम्बा, रेखा पौडेल र निर्मला उपाध्याय छन् । नेपालले छनोटअघि चीनमा मैत्रीपूर्ण खेल खेल्नेछ । टोली बुधबार चिन प्रस्थान गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ३, २०७६ १४:५५
प्रतिक्रिया दिनुहोस्