site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
यी हुन् ०७६ का आशलाग्दा चलचित्र 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अघिल्ला वर्षहरुमा झैं ०७५ मा पनि अधिकांश चलचित्रले लगानी सुरक्षित गर्न सकेनन् । ९५ प्रतिशतभन्दा धेरै चलचित्रले निर्माण लगात डुबाउँदा बक्स अफिसमा उल्लेख्य व्यापार गर्ने चलचित्र ‘छक्का पञ्जा’ मात्रै भयो । लगानी उठाउने बाँकी चलचित्रले पनि नाफा कमाउन भने सकेनन् । लागत सुरक्षित मात्रै गरे । समग्रमा ०७५ नेपाली चलचित्र उद्योगका लागि सुखद रहेन । अपेक्षित सफलता प्राप्त नगरेको वर्ष ०७५ सकिएसँगै ०७६ लागेको छ । ०७६ चलचित्रको बजारका हिसावले कस्तो रहने हो त्यो त हेर्न बाँकी नै छ ।  तर ०७६  रिलिज हुने केही चलचित्रले ०७५ मै चर्चा कमाएका छन् ।

‘जात्रैजात्रा’
‘जात्रैजात्रा’ यो वर्ष रिलिज हुँदैछ । प्रदीप भट्टराईले निर्देशन गरेको यो चलचित्रमा कथा पनि निर्देशक स्वयम्को छ । सुरुमा ‘जात्रा’ को सिक्वेल बनाउँदिनँ भने पनि उनी आफ्नै वचनमा अड्न सकेनन् । परिणाम यसको सिक्वेलको अहिले पोस्टप्रोडक्सनको काम भइरहेको छ । ‘जात्रा’ ले राम्रो समीक्षा र व्यापार गरेपछि त्यसकै दर्शक सिक्वेलमा पनि आउने निर्माण पक्षको अपेक्षा छ ।

‘जात्रा’ पछि उनले महसञ्चारको ब्यानरमा ‘शत्रु गते’ निर्देशन गरे । यसले व्यापार त राम्रै गर्यो तर समीक्षा राम्रो पाएन । त्यसैले उनी ‘जात्रै जात्रा’ बनाउन कस्सिए । ‘जात्रै जात्रा’ मा विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत र दयाहाङ राई मुख्य भूमिकामा छन् । 
 

Prabhu Bank
Agni Group
NIC Asia

‘छ माया छपक्कै’

केहीवर्ष यता नेपाली चलचित्र उद्योगमा लगातार आफ्नो प्रभाव छोड्दै आएका कलाकार तथा निर्माता हुन् दीपकराज गिरी । उनको चलचित्र ‘छक्का पञ्जा’को सिरिजले बक्स अफिसका सबै रेकर्ड तोड्दै आएका छन् । उनै दीपकराज गिरी अब ‘छ माया छपक्कै’ लिएर आउँदैछन् । 

Global Ime bank

टाइटल स्टाइल र कलर समेत उस्तै राखेर नाम घोषणा गरिसकेका उनी आफैंले ‘छ माया छपक्कै’ को कथा लेखेका हुन् । चलचित्रमा दीपक आफैं मुख्य भूमिकामा छन् भने केदार घिमिरे पनि अर्का मुख्य कलाकार हुन् ।

बाँकी कलाकारको टुङ्गो लागिसकेको छैन । ‘छ माया छपक्कै’ लाई दीपेन्द्र लामाले निर्देशन गर्दैछन् । 

दसैंमा ‘छ माया छपक्कै’ रिलिज गर्ने निर्माण पक्षले बताएको छ । यो चलचित्रले ‘छक्का पञ्जा’कै दर्शक हलसम्म तान्ने अनुमान गरिएको छ । 

‘दाल भात तरकारी’

‘दाल भात तरकारी’ सुदन केसीले निर्देशन गरिरहेका छन् । सुदनको यो डेब्यू निर्देशन हो । सुदन किरण केसीका छोरा हुन् । मह सञ्चारको ब्यानरमा निर्माण हुने यो चलसचित्रले पनि राम्रो हाइप बटुलिसकेको छ । हरिवंश आचार्य यो चलचित्रमा दिलो ज्यान दिएर लागिरहेका छन् । चलचित्रका गीतसमेत उनैले लेखेका छन् । 

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, आँचल शर्मा, पुष्प खड्का, निरुता सिंह लगायतले चलचित्रमा अभिनय गरेका छन् । अमेरिका जाने बढ्दो लहरलाई केन्द्रमा राखेर चलचित्र निर्माण गरिएको छ । निर्माता किरण केसी हुन् ।  

‘रातो टीका निधारमा’

अशोक शर्माले ‘रातो टीका निधारमा’ घोषणा गरिसकेका छन् । सम्राज्ञी आरएल शाहलाई महंगो पारिश्रमिकमा अनुबन्ध गरिसकेका शर्माले यो चलचित्रमार्फत् आफ्ना छोरा अंकित शर्मालाई नेपाली चलचित्र नगरीमा भित्र्याउँदैछन् । ‘रातो टीका निधारमा’ दसैंको सेरोफेरोमा रिलिज हुने उनले बताएका छन् । 

‘दयारानी’

अनुभवी र अब्बल कलाकारको छबी बनाएका माओत्से गुरुङ्गको चलचित्र हो ‘दयारानी’ । यो चलचित्रमा लेखन तथा निर्देशन माओत्से आफैँले गर्दैछन् । महिला चरित्रप्रदान यो चलचित्रमा माओत्सेले दयाहाङ राई र दिया पुनलाई मुख्य भूमिकामा उभ्याउने छन् ।

‘आप्पा’ 
‘आप्पा’ रिलिज पूर्व नै हाइप बनाएको चलचित्र हो । बाबु र छोराको कथा रहेको चलचित्रमा मुख्य भूमिकामा दयाहाङ राई छन् ।  अनमोल गुरुङले ‘आप्पा’ लाई निर्देशन गरेका छन् । यो चलचित्रमा अनुभवी निर्देशक, लेखक तथा कलाकार तुलसी घिमिरेको पनि अभिनय देख्न पाइने छ । 

यो वर्ष निश्चल बस्नेतपनि नयाँ चलचित्र निर्देशन गर्ने तयारीमा छन् । उनी ‘लुट–२’ मा भोगेको आलोचनालाई मत्थर पार्न चहान्छन् । यस्तै ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल पनि यो वर्ष नयाँ चलचित्र निर्देशन गर्ने सोचमा छन् । बस्नेत र खनाल दुबैले आफ्नो चलचित्रको नाम भने बताएका छैनन् । खनालले ‘पशुपतिप्रसाद’ पछि निर्देशन गरेको ‘धनपति’, ‘लभ लभ लभ’ र ‘चङ्गा चेट’ बाट राम्रो समीक्षा बटुल्न नसकेपछि ‘पशुपतिप्रसाद’ तहकै चलचित्र बनाएर आफूलाई अब्बल निर्देशककै दर्जामा कायम गर्नुपर्ने दबाब छ । त्यही उद्देश्यका साथ उनी यो वर्ष दर्शकमाझ आउने तयारीमा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  १८:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC