site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महालेखाको सुझाव–उपभोक्ता समिति प्रभावहीन, निर्माण कार्य ठेकेदारलाई देऊ
Sarbottam CementSarbottam Cement

काठमाडौं । पछिल्लो समय विकास निर्माणमा अपनाउन खोजिएको एक मोडल हो, उपभोक्ता समितिको संलग्नता । सार्वजिनक खरीद नियमावलीमा १ करोड रुपैयाँसम्मको आयोजना उपभोक्ता समितिबाट सम्पन्न गराउन पाउने व्यवस्था छ ।

तर, ऐन संशोधन नै गरेर ६० लाखबाट बढाएर १ करोड सिलिङ तोकिएपनि उपभोक्ता समितिका माध्यमबाट विकास निर्माण कार्य सम्पन्न गराउने व्यवस्था गरिएपनि त्यो उल्लेखनीय रुपमा सफल हुन नसकेको पाइएको छ । महालेखा कार्यलयले तयार पारेको ५६ औं वार्षिक प्रतिवेदनले यस्तो औंल्याएको हो ।

विद्यमान ऐन, नियमावली र कार्यविधिबमोजिम उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत कार्य गराउने विभिन्न व्यवस्था रहेका छन् । सार्वजनिक खरिद ऐन र नियमावलीको व्यवस्था अनुसार संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास निर्माणका काममा उपभोक्ता समितिको संलग्नता रहने गरेको छ । पछिल्लो समय उपभोक्ता समितिलाई राज्यकोषको रकम दिई विकास निर्माण कार्यको जिम्मा दिने प्रवृत्ति बढ्दै गएको छ । विकास निर्माणको एक मोडलको रुपमा अपनाउन खोजिएको यो प्रणाली बढ्दै जाँदा महालेखाले विभिन्न कारण उपभोक्ता समितिमार्फत् सम्पादित कार्यको प्रभावकारिता नहुने निष्कर्ष निकालेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

महालेखाका अनुसार सार्वजनिक निकायहरुमा फरक फरक ढङ्गले उपभोक्ता समिति गठन र उपयोग गरिने गरेको छ भने उपभोक्ता समितिबाट र प्रतिस्पर्धाबाट गराएको कार्यको वित्तीय, भौतिक र गुणस्तर विश्लेषण गरिने परम्परा विकास गरिएको छैन । यसैगरी उपभोक्ता समितिमार्फत कार्य गराउने सम्झौता गरी घुमाउरो रुपमा निर्माण व्यवसायीमार्फत नै कार्य गराउने गरिएको महालेखाले पाएको छ । यस्तो अवस्थामा सम्पन्न योजनाको मर्मत सम्भार र दिगोपनामा ध्यान नपुग्दा उपभोक्ता समितिमार्फत कार्य गराए तापनि अपेक्षाअनुरुप गुणस्तरयुक्त र दिगो प्रतिफल हासिल हुन नसकेको महालेखाको दाबी छ ।

अतः सानातिना श्रमप्रधान कार्य बाहेक अन्य निर्माण कार्य निर्माण व्यवसायीमार्फत गराउनुपर्ने सुझाव महालेखाले दिएको छ । महालेखाको ५६ औं वार्षिक प्रतिवेदनमा भनिएको छ, “उपभोक्ता समितिले कामको निगरानी गर्ने, कार्य सम्पन्न भएपश्चात् उपभोक्ता समितिमा हस्तान्तरण गर्ने, स्वामित्व ग्रहण गर्ने र मर्मत सम्भार गरी दिगोपना कायम गर्ने व्यवस्था पनि मिलाउनुपर्दछ ।”

Global Ime bank

हाल नेपालमा खानेपानी क्षेत्रमा ४१ हजार, सिँचाइ क्षेत्रमा ३० हजार, वन क्षेत्रमा ३० हजार, मध्यवर्ती क्षेत्रमा करिब २ सय, कृषि र पशुतर्फ करिब १ हजार, स्थानीय तह ७५३ मा २ लाख २५ हजार ९०० समेत ३ लाख २८ हजार १ सय उपभोक्ता समिति कार्यरत छन् । उपभोक्ता समितिहरुमध्ये १ लाखको हाराहारीमा स्थायी प्रकृतिका उपभोक्ता समिति रहे तापनि अधिकांश उपभोक्ता समितिहरु आवश्यकतानुसार पटके रुपमा गठन गरी सञ्चालनमा रहेको महालेखाको दाबी छ । प्रतिवेदनमा भनिएको छ, “सरकारी निकायहरुले उपभोक्ता समितिसँग कार्य गराउँदा गर्ने सम्झौता एवं सर्तमा पनि एकरुपता रहेको छैन ।”

यसो त जलस्रोत, निर्माण, शिक्षा, स्वास्थ्य, स्थानीय विकास जस्ता निकायहरुले उपभोक्ता समितिमार्फत गराएको कार्यको केन्द्रीय अभिलेख राखेका छैनन् । उपभोक्ता समितिमार्फत निर्माण कार्य गराई लागत अनुमानकै हाराहारीमा रकम भुक्तानी गर्दा मूल्यमा प्रतिस्पर्धा हुने गरेको छैन । प्रतिवदेनले निकायगत नीति, कानुन, नियमावली र कार्यविधिमा उपभोक्ता समिति दर्ता र नवीकरणको व्यवस्थामा विविधता औंल्याएको छ । क्षेत्रगत रुपमा जल उपभोक्ता, खानेपानी उपभोक्ता, वन उपभोक्ता, मध्यवर्ती क्षेत्र उपभोक्ता लगायतका समितिहरु तत् तत्क्षेत्रमा दर्ता र नवीकरण हुने भए तापनि स्थानीय तह लगायत अन्य सरकारी निकायसँग सम्बद्ध उपभोक्ता समिति दर्ता तथा नवीकरणबेगर सञ्चालनमा आउने गरेको महालेखाको दाबी छ ।

यसैगरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(२) बमोजिम उपभोक्ता वा लाभग्राहीमार्फत कार्य गराउँदा जनसहभागिताको अंश समावेश गर्नुपर्ने व्यवस्था छ । तर, जनसहभागिताको अंश किटान हुन सकेको छैन । उपभोक्ता समितिसँग लागत साझेदारी गर्ने गरी सम्झौता भए तापनि स्थानीय तहभन्दा अन्य निकायले निर्माण कार्यमा रकम भुक्तानी गरेको महालेखाको दाबी छ ।

यसो त उपभोक्त समितिमार्फत काम गर्ने भनिएपनि उपभोक्त समितिले निर्माण कार्यका जिम्मा निर्माण व्यवसयाीलाई नै दिने गरेका छन् । व्यवस्थामा उपभोक्ता समिति वा लाभग्राही समुदायले प्राप्त गरेको काम आफैँ गर्नुपर्ने र सो नगरी निर्माण व्यवसायीलाई संलग्न गराइएको पाइएमा सार्वजनिक निकायले उक्त उपभोक्ता समिति वा लाभग्राही समुदायसँग भएको सम्झौता रद्द गरी त्यस्तो उपभोक्ता समिति वा लाभग्राही समुदायलाई भविष्यमा त्यस्तो काम गर्न नदिने व्यवस्था छ । तर, महालेखोले केही समितिले निर्माण व्यावसायीबाट काम गराइ रकम भुक्तानी गरेको पाएको छ । यसरी आपूmले लिएको काम निर्माण व्यवसायीबाट गराउने उपभोक्ता समितिहरुलाई नियमको व्यवस्थाअनुसार कारबाही भएको छैन ।

यसैगरी हेभी मेसिनको प्रयोगमा पनि मनपरी भएको प्रतिवेदनमा औंल्याइएको छ । कानुनमा उपभोक्ता समितिबाट सञ्चालन हुने निर्माण कार्यमा लोडर, एक्साभेटर, रोलर, डोजर, ग्रेडर, बिटुमिन ब्वाइलरजस्ता भारी उपकरण प्रयोग गर्न नहुने उल्लेख छ । तर, नियमको उक्त व्यवस्था विपरीत विभिन्न ७७ स्थानीय तहले गरेका निर्माण कार्यमा भारी उपकरण प्रयोग गरी रु.५९ करोड ५७ लाख ७८ हजार खर्च गरेको पाइएको छ । जटिल प्रकृतिको कार्यमा समितिलाई प्राविधिक ज्ञानसमेत नहुने गरेको पाइएको छ ।

योजना हस्तान्तरण र मर्मत सम्भारमा पनि सार्वजनिक खरिद नियमावली मिचिएको महालेखाको दाबी छ । स्थायी प्रकृतिका उपभोक्ता समितिहरु खानेपानी, वन, सिँचाइ र मध्यवर्ती क्षेत्रका उपभोक्ता समितिबाट तुलनात्मक रुपमा मर्मत सम्भारका कार्य सम्पादन हुने गरेको देखिए तापनि पटके रुपमा गठित उपभोक्ता समितिहरुमार्पmत सम्पन्न आयोजना हस्तान्तरण हुने नगरेको महालेखाले औंल्याएको छ । यसो त सम्पन्न योजना हस्तान्तरण पश्चात् मर्मत सम्भार भए नभएको अनुगमन हुने गरेको पनि छैन ।

उपभोक्ता समितिमार्पmत सम्पन्न गरेको निर्माण कार्य सम्बन्धित उपभोक्ता समितिलाई हस्तान्तरण गरी उपभोक्ताले स्वामित्व ग्रहण गर्नुपर्नेमा सिन्धुली जिल्लाको एक जल उपभोक्ता काम बिग्रिएको र कमजोरीको स्वामित्व समितिले ग्रहण नगरेको महालेखाले पाएको छ । त्यसैगरी विकास निर्माणको सम्पादित कार्यको गुणस्तर पनि नपुग्ने गरेको पाइएको छ । सार्वजनिक निकायले उपभोक्ता समितिसँग गर्ने सम्झौतामा नै सम्पन्न गर्नुपर्ने कामको गुणस्तर, मितव्ययिता र दिगोपना सम्बन्धमा उल्लेख गरी सोबमोजिम भए नभएको चेकजाँच र मूल्याङ्कन गर्नुपर्नेमा गरेको पनि पाइएको छैन । 

सरोकारवालासँगको छलफलको क्रममा निर्माण व्यवसायीमार्फत कार्य गराउन सार्वजनिक निकायहरु इच्छुक देखिए तापनि स्थानीय तहमा जनप्रनिधिहरु उपभोक्ता समितिमार्फत कार्य गराउन जोड दिने गरेको लेखापरीक्षणका क्रममा पाइएको महालेखाको दाबी छ । उनीहरु आ–आफ्नो अनुकूलतामा प्राथमिकता दिने गरेका छन् ।

भारी उपकरण र जटिल प्रकृतिको कार्य समावेश भएका कार्यमा उपभोक्ता समितिलाई समावेश गर्नुभन्दा स्थानीय श्रम र सीपको प्रयोग हुने क्षेत्रमा मात्र उपभोक्ता समितिलाई सहभागी गराउन जोड दिनुपर्ने देखिएको छ । अधिक संख्यामा उपभोक्तामार्फत् निर्माण कार्य गर्दा उपभोक्ता समितिसँग सम्बन्धित कार्यको व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको अवस्थामा लागतमा प्रतिस्पर्धा गराई कम संख्यामा रणनीतिक महत्वका योजना सञ्चालन गर्ने र सोको निगरानीमा मात्र उपभोक्ता समितिलाई सहभागी गराउने पद्धतिको विकास गर्नुपर्दछ । यसैगरी ती कार्यहरुले खर्च सार्वजनिकीकरण गर्न सकेका छैनन् भने सामाजिक परीक्षण पनि हुन सकेको छैन । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १, २०७६  ०७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC