काठमाडौं । म्यानमारमा जारी ओलम्पिक छनोट फुटबल दोस्रो चरणको अन्तिम खेलमा नेपाल आज इन्डानेशियासँग खेल्दैछ । अन्तिम खेलमा जितको लक्ष्यसहित नेपाल पहिलो पटक इन्डोनेशियासँग खेल्न लागेको हो ।
नेपाली समयअनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ । नेपाल पहिलोपटकको भेटमा इन्डोनेशियासँग सुखदर नतिजा निकाल्ने योजनामा छ । नेपालजस्तै दुबै खेलमा पराजित इन्डोनेशिया पनि सान्त्वना जितको रण्निीतिमा छ । फिफा बरियतामा इन्डोनेशिया ८६ औं स्थानमा छ भने नेपाल १ सय ३ औं स्थानमा छ ।
नेपालले यसअघि भारत र घरेलु टोली म्यानमारसँग समान ३–१ को गोलअन्तरले पराजित भएको थियो । नेपालका तर्फबाट कप्तान निरु थापाले दुबै खेलमा १–१ गोल गरेकी थिइन् । इन्डोनेशियाले भारतसँग २–० तथा घरेलु टोली म्यानमारसँग ६–० को हार ब्यहोरेको थियो ।
यसअघि कात्तिकमा भएको पहिलो चरणमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । बलियो प्रतिद्धन्दी म्यानमारसम्ग १–१ को बराबरी खेलेको नेपालले भारत र बंगलादेशसँग सोहि नतिजा निकालेको थियो ।
फाइल तस्बिर