site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तपाईंको व्यस्तताले बालबालिका डिप्रेसनको शिकार भइरहेका त छैनन् ?
Sarbottam CementSarbottam Cement

बढ्दो आधुनिकीकरणसँगै बच्चाहरुमा एक्लोपनाको समस्या बढी देखिने गरेको छ । बच्चाहरुमा एक्लोपनाको समस्या देखिनुको मुख्य कारण भनेको अभिभावकले उनीहरुलाई समय दिन नसक्नु नै हो । बच्चाले आफ्नो कुरा आमाबुबालाई भन्न नपाउँदा उनीहरुले एकलोपन महसुस गर्छन् । अभिभावकले जसरी कामलाई समय दिनुहुन्छ, त्यसरी नै आफ्नो बच्चालाई समय दिनुपर्छ ।

कतिपय अभिभावकले बच्चालाई समय दिन नपाएपछि उनीहरुले टेलिभिजन हेर्न दिने र मोबाइल दिने गर्छन् । मोबाइल र टेलिभिजनमा मात्र ध्यान दिने गर्दा उनीहरुको दिमागको विकास पनि हुन पाउँदैन् । जसले गर्दा उनीहरुमा एक प्रकारको डिप्रेशन देखिन्छ । कतिपय बच्चाहरुमा कोहीसँग नबोल्ने, खाना खान मन नगर्ने, एक्लै बस्ने र आफूमा भएको समस्या नभन्नेलगायतको समस्या समेत देखिने गर्छ ।

 बच्चाले आफ्नो कुरा अभिभावकलाई भन्न पायो र खेल्न पायो भने उनीहरुको दिमागमा सकारात्मक सोंच पैदा हुन्छ । यस्तो एक्लोपना भएर डिप्रशेन हुने समस्या पनि ग्रामिण भेगमाभन्दा सहरमा बढी देखिने गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

बच्चाको मष्तिष्कको विकासका लागि उनीहरुलाई अन्य साथीहरुसँग खेल्न दिनुपर्छ । खेल्ने स्थान नभएमा घरमै अभिभावकले प्रश्न गर्ने, चित्र बनाउन लगाउने आदि गर्न सकिन्छ । जसले गर्दा उनीहरुमा एकलोपनाको महसुस नहोस । बच्चामा उमेरअनुसार दिमागको पनि विकास हुन्छ । 

बच्चाले अभिभावकले खेल्न र बोल्न देओस भन्ने हुन्छ । तर उनीहरुले त्यस्तो समय नै पाउँदैनन् । उनीहरुले अभिभावकले आफूसँग भएको समयमा कुरा भन्न पाउँदैनन् । जसले उनीहरुलाई मानसिक समस्या देखिन सक्छ । एक्लोपना भएर डिप्रशेन हुने समस्या पनि ग्रामिण क्षेत्रमाभन्दा सहरमा बढी देखिने गरेको छ । बच्चाले आफ्नो कुरा अभिभावकलाई भन्न पायो र खेल्न पायो भने उनीहरुको दिमागमा सकारात्मक विकास हुन्छ । 

Global Ime bank

बच्चाले साथीहरुसँग खेल्दा उनीहरुको मष्तिष्कको विकास हुन्छ । आमाबुबा दुबै काममा मात्र व्यस्त हुँदा आफ्नो बच्चलाई समय दिन पाउँदैनन् । ग्रामिण क्षेत्रका बच्चाहरु त स्कुलबाट आएर खेल्न पाउँछन् । तर शहरको बच्चाहरु खेल्ने ठाउँ पनि हुँदैन् । त्यस्तो समयमा स्कुल जाने बच्चालाई स्कुलका खेल गतिविधिमा सभागी गराउने गर्नुपर्छ । अभिभावकले आफ्नो बच्चा स्कुलबाट आउने बित्तिकै स्कुलमा के-के भयो भनेर सोध्ने र रमाइलो कुरा गर्ने गर्‍यो भने उनीहरुमा खुसी हुने हर्मोन पैदा हुन्छ । जुन हर्मोनले डिप्रेशन हुन दिँदैन । 

घरमा पनि अभिभावकले बच्चालाई विभिन्न क्रियाकलाप गराई राख्ने र लामो समयसम्म एकै स्थानमा बस्न दिनुहुँदैन् । अभिभावकले पनि कामसँगै आफ्नो बच्चालाई समय दिनुपर्छ । 

बच्चा खुसी भयो भने उनीहरुमा सकारात्मक हर्मोन उत्पादन हुन्छ । खेल्न पायो भने उनीहरुको उचाई पनि बढ्ने हुन्छ । सोच्नसक्ने क्षमता पनि बढ्छ । अभिभावकसँग राम्ररी कुराकानी गर्ने बच्चाले अन्य मानिससँग पनि राम्रोसँग बोल्न सक्छ । तर घरको मान्छेसँग डराउने, प्रश्न गर्न नसक्ने बच्चाले बाहिरको मान्छेहरुसँग बोल्न नखोज्ने हुन्छ ।

कुनै बच्चा घरमा पनि एक्लै बस्न खोज्छ भने अभिभावकले बुझ्नुपर्छ केही समस्या छ । एउटै स्थानमा लामो समयसम्म बस्न नदिने र मोबाइल पनि चलाउन नदिने बरु घुमाउन लैजाने गर्नुपर्छ । सानैदेखि अभिभावकले समय दिएको बच्चाहरुले ठूलोमा पनि आफ्नो अभिावकसँग नजिक हुन्छ । तर सानोमा हामीले समय दिन सकेनौं, उसले ठूलोमा वास्ता नगर्ने समस्या आउँछ । एकलोपनाको समस्या होस्टेलमा बस्ने बच्चामा बढी देखिने गरेको छ । 

(बाल स्वास्थ्य नर्स सुवेदीसँग बाह्रखरीकी सञ्जिता खनालले गरेको कुराकानीमा आधारित )


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २४, २०७५  ०६:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC