site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्ड नेतृत्वको सरकारमा कुनै हालतमा जादैनौं : प्रदीप ज्ञवाली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा कुनै हालतमा एमाले सहभागी नहुने दाबी गरेका छन् । 
बुधबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै सचिव ज्ञवालीले भने, ‘‘एमाले नयाँ सरकारमा कुनै हालतमा सहभागी हुँदैन्, व्यक्तिले के भन्छ मूख्य कुरा होइन ।’’ उनले एमाले अब सशक्त प्रतिपक्षको भूमिकामा बस्ने स्पष्ट पारे । 
साक्षात्कारमा ज्ञवालीले मुलुकको पछिल्लो राजनीतिक घट्नाक्रमलाई आफूहरुले नजिकबाट नियाँलिरहेको उल्लेख गर्दै भने, “माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेपालको प्रधानमन्त्री बन्ने हो, तर भारतीय मिडियाहरुमा जुन प्रतिक्रियाहरु आईरहेका छन्, त्यसले यो संकेत गरिरहेको छैन ।”
यद्यपी उनले यसबारेमा आफूले बोल्न नमिल्ने भएपनि बाध्यता भएर टिप्पणी गरेको दाबी गरे । उनले अगाडि भने, “माओवादीले यसबारेमा बोल्नुपर्ने हो, तर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।” उनले नेपाललाई दीर्घकालिन अहित हुने एजेण्डा बोकाएर प्रचण्डलाई स्खलित गर्ने काम त कतैबाट भइरहेको छैन भन्दै आशंकासमेत व्यक्त गरे । 
उनले नयाँ सरकार गठनसँगै फेरि नेपाललाई एकपक्षीय भारतसँगको निर्भरतामा धकेलिन लागेको आशंका व्यक्त गरे । उनले आफ्नो पार्टी संविधानको कार्यान्वयन, समयमै निर्वाचन सम्पन्न गर्नुपर्ने, संविधानको सर्वस्विकार्यताको लागि मधेशकेन्द्रित दलहरुको असन्तुष्ट मागहरुलाई संशोधन मार्फत हल गर्ने, सन्तुलित अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्ने लगायतका महत्वपूर्ण विषयहरुमा जिम्मेवार भएर लाग्ने र सरकारलाई झकझकाउने काममा रचनात्मक भूमिका निर्वाह गर्ने दिशामा अघि बढ्ने विश्वास व्यक्त गरे । 
प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका विकासका योजनाहरुलाई नयाँ बन्ने सरकारले निरन्तरता दिने वा नदिनेबारे आफ्नो पार्टीले नजिकबाट नियाँल्ने समेत उनको दाबी थियो । 
नेपालको राजनीतिक घट्नाक्रमलाई लिएर छिमेकी राष्ट्र चीनले जारी गरेको पछिल्लो विज्ञप्ती स्वभाविक रहेको ज्ञावलीको भनाई थियो । उनले भने, “‘एउटा छिमेकी सरकार परिवर्तन भएपनि दुई देशबीचको सम्बन्धमा कुनै असर पर्दैन भन्छ, अर्को चाहीँ सरकार परिवर्तन भएसँगै दिपावली गरिरहेको छ ।”
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १५:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC