खेल
एजेन्सी । स्टार स्ट्राइकर क्रिस्टियानो रोेनाल्डोबिना मैदान उत्रेको युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा संघर्षपूर्ण जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सले इम्पोलीलाई १–० गोलले हराउन सफल भएको हो ।
युभेन्ट्सलाई जित दिलाउन मोइस किनले एकमात्र निर्णायक गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलको ७२ औं मिनेटमा किनले गोल गर्दै युभेन्ट्सलाई जित दिलाए ।
जितसँगै युभेन्ट्सले लिगमा २९ खेलबाट ७८ अंक जोडेको छ । त्यस्तै दोस्रो स्थानको नेपोलीले भने ६० अंक जोडेको छ ।
प्रकाशित मिति: आइतबार, चैत १७, २०७५ १०:३५
प्रतिक्रिया दिनुहोस्