site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । लगातारको वर्षाले ढुवानी गर्न समस्या भएपछि सिमेन्ट उद्योगीले आफ्नो उत्पादनमा ५० प्रतिशत कटौती गरेका छन् ।
लगातर पानी परेपछि उत्पादन भएको सिमेन्ट गोदाममै थन्किँदा उद्योगीलाई ठूलो नोक्सान हुन थालेकाले उत्पादन घटाइएको जगदम्बा सिमेन्ट उद्योगका वरिष्ठ महाप्रबन्धक विदुर ढुंगानाले जानकारी दिए । 
“वर्षापछि पहिरो गएर बाटो अवरुद्ध भएको छ । निर्माण कार्य पनि ठप्प छ,” उनले भने, “यी कारणले गर्दा उद्योगीले उत्पादन ५० प्रतिशतसम्म कटौती गरेका हुन् ।” 
वर्षाकै कारण पूर्वाधार क्षेत्रको निर्माण कार्य रोकिएकाले पनि उत्पादनमा असर परेको नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले जानकारी दिए । “पूर्वाधारका क्षेत्रमा काम हुन थालेपछि उद्योगीले उत्पादन बढाउँछन्,” उनले भने, “अहिले ती क्षेत्रमा काम हुन सकेको छैन ।” 
उद्योगबाट उत्पादित सामग्री अहिले पनि गोदाममै थन्किएर बसेको छ । उत्पादित सामग्री बजार लैजान नसक्ने अवस्था आएपछि उत्पादन कटौती गर्नुको विकल्प नभएको ढुंगानाले जानकारी दिए । “बजारमा माग बढेपछि उत्पादन स्वतः बढ्छ,” उनले भने, “अहिले सिमेन्टको माग कम भएकाले उत्पादन पनि घटेको हो ।” उनका अनुसार अहिले भैरहवा क्षेत्रमा भएका सिमेन्ट उद्योगले ५० प्रतिशतभन्दा बढी उत्पादन घटाएका छन् । 
अध्यक्ष थापाका अनुसार भैरहवाका मात्रै नभएर देशभर भएका सिमेन्ट उद्योगले उत्पादनमा कटौती गरेका छन् । उद्योगीका अनुसार भैरहवामा सञ्चालित सिमेन्ट उद्योगले नेपालको कुल मागको ४० प्रतिशत आपूर्ति गर्दै आएका छन् । 
ढुंगानाका अनुसार भैरहवा करिडोरमा भएका उद्योगले अहिले महिनाको १० हजार बोरामात्रै सिमेन्ट उत्पादन गर्दै आएका छन् । जबकि, त्यहाँका उद्योगले मासिक ३० हजार बोरासम्म सिमेन्ट उत्पादन गर्दै आएका छन् । लगातार वर्षा भएपछि सिमेन्टको माग घट्ने हुँदा उद्योगीले उत्पादन घटाएका हुन् ।  
भैरहवा करिडोरमा रहेका उद्योगभित्र पानी छिरेको छ । कतिपय उद्योगका कर्मचारीको दिन उद्योगभित्र छिरेको पानी बाहिर फाल्दैमा बित्छ । अहिले पानी परेकाले उत्पादन घटाए पनि उद्योगीले सिमेन्ट उद्योगमा यो वर्षमात्रै १० अर्ब रुपैयाँ लगानी थपेका छन् । उद्योग विभागका अनुसार यो वर्ष एक दर्जनभन्दा बढी उद्योगले क्षमता बढाउन विभागबाट स्वीकृति लिएका छन् ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १२, २०७३  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC