site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
थलियो जेट एयरवेज, २ सय ६० पाइलट स्पाइस जेट जाँदै 
Sarbottam CementSarbottam Cement

नयाँ दिल्ली । भारतको स्टेट बैंकले जेट एयरवेजका अध्यक्ष नरेश गोयललाई उनको आफ्नो १७ प्रतिशतको हिस्सालाई घटाएर १० प्रतिशतमा झार्न आग्रह गरेको छ । त्यस्तै, बैंकले अन्य तीन जना निर्देशकलाई बोर्डबाट राजीनामा गराउन  भनेको छ । जेट एयरवेजमा आएको संकट समाधानका लागि यसरी पहल भइरहेको हो । 

निजी विमान कम्पनी जेटको आर्थिक अवस्था ज्यादै खराब भएका कारण त्यसलाई अहिलेको अवस्थाबाट माथि लैजान ठूलो लगानीको आवश्यकता देखिएको छ । यसैसाता सो एयरवेजका २५० जना भन्दा बढी कर्मचारी जागिरको खोजीमा स्पाइस जेटको कार्यालयमा पुगेको चर्चा भएको थियो । 

मनिकन्ट्रोल नामको वेबसाइटमा प्रकाशित समाचारअनुसार २० मार्चका दिन आयोजित स्पाइस जेटको ‘वाक इन इन्टरभ्यू’ मा जेट एयरवेजका २६० जना पाइलट पुगेका थिए । त्यसमा १५० जना क्याप्टेन रहेका थिए । जेट एयरको हालतलाई लिएर सरकारले पनि चिन्ता व्यक्त गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

गएको  मंगलबार नागरिक उड्डयन मन्त्री सुरेश प्रभुले सोही विषयमा एक आपतकालीन बैठक बोलाएका थिए । जेट एयरवेजले गएको फेब्रुअरी १४ का दिन आफूलाई रकम दिने बैंकले यसको सञ्चालन आफ्नो हातमा लिन सक्ने बताएको थियो । त्यसपछि सरकारले सरकारी स्टेट बैंक अफ इण्डियालाई सो एयरलाइन्सलाई जोगाउनका लागि कुनै योजना लिएर आउन आग्रह गरेको थियो । 

भारतमा यसअघि निजी विमान कम्पनीलाई जोगाउन सरकारले सरकारी बैंकलाई भनेको थिएन । यो पहिलो  रेकर्ड भएको बीबीसीका संवाददाता समीर हाशमीले बताएका छन् । 

Global Ime bank

तर अहिले सरकारले यस्तो किन गरिरहेको छ भन्ने प्रश्न समेत उठेको छ । अहिले जेट एयरवेज बन्द भएमा २३ हजारको रोजगारी जानेछ । यो एयरलाइन्स भारतको सबैभन्दा पुरानो एयरलाइन्स मध्येको एक हो । अहिले भारतमा चुनाव हुन लागिरहेको छ र मोदी सरकारमाथि बेरोजगारीलाई लिएर पहिलेदेखि नै प्रश्न उठ्दै आइरहेको छ । 

अर्थ व्यवस्थामा निरन्तर विकास भइरहेको भएपनि सरकारले रोजगारीको वातावरण सिर्जना गर्न सकेको छैन । विपक्षले पहिलादेखि नै बेरोजगारीको मुद्दालाई उचाल्दै आइरहेका छन् । त्यसैले चुनावको मुखमा सरकार आगोमा थप घिउ हाल्ने पक्षमा देखिएको छैन । तर, सरकारले यस्ता काममा हात हाल्नु हुन्छ कि हुन्न भन्ने प्रश्न समेत उठिरहेको छ । किनकि किंगफिसर एयरलाइन्स डुबेको छ र एयर इण्डिया ५० करोड रुपैयाँ ऋणमा डुब्ने अवस्था रहेको छ । सरकारी विमान कम्पनी एयर इण्डियाका पूर्वकार्यकारी निर्देशक जीतेन्द्र भार्गव सरकारको कदमलाई गलत भन्छन् । 

बैंकले अहिलेको समस्या समाधान गरेपनि ६ महिनापछि फेरि लगानी गर्नुपर्ने अवस्था आयो भने के गर्ने भन्ने उनको प्रश्न रहेको छ । सो विमान कम्पनीमा लगानीका लागि इत्तिहाद एयरलाइन्ससँगपनि कुरा भएको तर सो एयरलाइन्सले आफनै २४ प्रतिशत शेयरपनि झिक्न चाहेको बताइएको छ । 

सन् १९९० को दशकमा भारत उदारीकरण तर्फ अघि बढेको बेलामा जेट एयरवेज इण्डिया लिमिटेड पनि सन् १९९२ मा शुरु भएको हो ।  त्यसले १९९३ मा चार बोइङ ७३७ लिएर उडान सेवा शुरु गरेको थियो । 
सन् २०१२ मा आउँदा यो कम्पनी भारतको सबैभन्दा ठूलो विमान कम्पनी भएको थियो । 

भारतीय बजारमा यात्रु शेयरको कुरा गर्दा २६ दशमलब ३ प्रतिशत शेयर जेट एयरवेजको नाममा थियो । जबकी यसपछि एयर इण्डियाको १८ दशमलब ८ र त्यसपछि इण्डिगोको १८ दशमलब ८ प्रतिशत मार्केट शेयर रहेको थियो । यद्यपि पछिल्लो समयमा अवस्था बिग्रियो ।

सन् २०१८मा आइपुग्दा यो कम्पनी भयंकर ठूलो आर्थिक संकटको चपेटामा पर्यो । अहिले सो कम्पनी ११० करोड घाटामा चलिरहेको बताइएको छ । उ सँग अहिले एयरक्राफ्ट लिजिङ कम्पनीलाई दिने रकम पनि छैन । खर्च कम गर्ने नाममा सो कम्पनीले इकोनोमी क्लासमा दिने गरिएको खाना बन्द गर्यो । 

यात्रुको सामानको सीमा पनि कम गरिदियो । बितेको एक हप्तामा कम्पनीले कैयौं घरेलु तथा अन्तर्राष्ट्रिय उडान रद्ध गरेको छ । साथै कैयौं कर्मचारीको जागीर जाने चर्चापनि चलिरहेको छ । 

यसको पछाडिको कारणमा सबैभन्दा मुख्य उदारीकरणलाई मानिएको छ । प्रतिस्पर्धा बढ्यो र कैयौं कम्पनी सस्तो हवाई यात्रा दिनका लागि तयार भए । यसरी आउनेमा इन्डिगो, स्पाइसजेट लगायत हुन् । उनीहरुले कम रकममा नै उडान गर्न थाले । बजारमा टिक्नका लागि कम्पनीले सस्तो सुविधा दिन प्रयास गर्छ । पूर्वकार्यकारी निर्देशक  जितेन्द्र भार्गव भन्छन्, “इण्डियन क्यारियर कम्पनीले विमानका अर्डर दिएका छन् । करिब ८०० विमान आगामी ५–६ वर्षमा बजारमा आउनेवाला छन् । तिनलाई भर्नका लागि टिकटको मूल्य कम हुनु जरुरी छ । सस्तो उडान दिनेले त आफ्नो लागत उठाउन सकेका छन् । तर, फूल सर्भिस क्यारियरलाई भने आफ्नो लागत बचाउनपनि मुश्किल परेको छ । यसका साथै इन्धनको मूल्य बढ्नु तथा भारतीय मुद्रा कमजोर हुनुले जेट एयरवेजको अहिलेको हालत भएको हो ।”

सन् २०१६ मा जब कच्चा तेलको मूल्य कम हुन थालेको थियो यसको फाइदा कम्पनीलाई मिलेको थियो । किनकि उसको लागतपनि घटेको थियो । विदेशी कम्पनीले पनि लगानी गरे । त्यसले गर्दा सजिलो भएको थियो । तर, पछि यो फेरि घाटामा गएको छ । सामान्य उपचारले यसको रोग अब  निको पार्न मुश्किल देखिएको बीबीसीले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५  ०६:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !