विदेश
म्यान्मा । आर्थिक वर्ष २०२३–२४ म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएकाे छ । म्यानमारको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मंगलबार आर्थिक वर्ष २०२३/२४ मा म्यानमारमा चट्याङबाट ७३ जनाको मृत्यु भएको जनाएको छ ।
आर्थिक वर्षभरि अप्रिल–मार्चसम्म म्यान्माले देशभर ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् ।
म्यानमारको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको संख्या कम गर्न यसको सुरक्षाकाबारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१ १५:५९
प्रतिक्रिया दिनुहोस्