site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युद्धमा कसैको पक्षमा छैनौँ, तर दर्शक मात्र होइनौँ : चीन
तस्बिर : ब्लुमबर्ग ।

हङकङ । चीनका राष्ट्रपति सी चिनफिङले आफ्नो देश युक्रेनमाथि रुसी आक्रमणको समर्थनमा रहेको भनेर लगाइएको आरोपको खण्डन गरेका छन् । युरोपेली नेताहरूसँगको भेटपछि उनले उक्त खण्डन गरेका हुन् ।

चीनका राष्ट्रपति अहिले ६ दिने युरोप भ्रमणमा छन् । उनले फ्रान्सका राष्ट्रपति इम्मानुएल माक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा ‘चीन संकटको सर्जक नभएको र आफू कसैको पक्षमा नरहेको’ समेत बताए । तर, चीन दर्शक मात्र नभई शान्तिका पक्षमा योगदान गरिरहेको उनको भनाइ थियो । युरोपली आयोगका अध्यक्ष उर्सुला भोन डर लेएनसँग समेत दुईपक्षीय वार्तापछि उनले यस्तो बताएका हुन् ।

उनले युक्रेन संकटका विषयमा अरू (तेस्रो पक्ष)लाई ‘डिफेम’ गर्ने र जिम्मेवार देखाउने कार्य गरी नयाँ शीतयुद्धको बाटो खोज्ने प्रक्रियाको पनि विरुद्धमा रहेको बताए । रुसलाई मेसिन र माइक्रोइलेक्ट्रोनिक टुल्स दिइएको भनेर अमेरिकाले लगाएको आरोपको समेत उनले खण्डन गर्ने प्रयास गरेका थिए । सीएनएनबाट ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro