site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेस्सीले ब्रेक गर्न नसकेका रोनाल्डोका पाँच रेकर्ड 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एजेन्सी । युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो फुटबल इतिहासमा एक महान खेलाडीको रुपमा स्थापित छन् । रोनाल्डोले विश्व फुटबल इतिहासमा थुप्रै रेकर्डहरु बनाएका छन् । उनी च्याम्पियन्स लिगका उत्कृष्ट खेलाडी पनि हुन् ।  
उत्कृष्ट हेड गोल र पेनाल्टी प्रहार गर्न सक्ने क्षमता भएका रोनाल्डोले च्याम्पियन्स लिग, ला लिगा र प्रिमियर लिग जस्ता लिगहरुमा पनि थुप्रै रेकर्डहरु बनाएका छन् । 

रोनाल्डोले हालसम्म बनाएका रेकर्डमध्ये केही यस्ता रेकर्डहरु पनि छन्, जुन रेकर्डलाई बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले पनि बिट गर्न सकेका छैनन् ।  मेस्सीले ब्रेक गर्न नसकेका रोनाल्डोका पाँच रेकर्ड यस्ता छन् : 

५) लगातार ६ सिजनमा ५० भन्दा धेरै गोल 
 

KFC Island Ad
Dabur Nepal
NIC Asia

रोनाल्डो लगातार ५ सिजनमा ५० भन्दा धेरै गोल गर्ने खेलाडीको रुपमा स्थापित छन् । रोनाल्डोले सन् २०१०–११ को सिजनदेखि २०१५–१६ को सिजनसम्म लगातार ५० भन्दा धेरै गोल गरेका छन् । 
रोनाल्डोले २०१०–११ को सिजनमा ५३, २०११–१२ः ६०, २०१२–२०१३ः ५५, २०१३–२०१४ः ५१, २०१४–२०१५ः ६१ र २०१५–२०१६ सिजनमा ५१ गोल गरेका छन् । 

४) च्याम्पियन्सको ६ सिजनमा लगातार सर्वाधिक गोलकर्ता 

Royal Enfield Island Ad

रोनाल्डो च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् । रोनाल्डोले हालसम्म च्याम्पियन्स लिगमा १ सय २४ गोल गरिसकेका छन् । 
साथै रोनाल्डोले सन् २०१२–१३ देखि २०१७–२०१८ सम्मका सबै सिजनमा सर्वाधिक गोल गरेका छन् । रोनाल्डोले २०१३–१४ को सिजनमा गरेका १७ गोल च्याम्पियन्स लिगमा हालसम्म एउटै सिजनमा एउटा खेलाडीले गारेको सर्वाधिक गोल हो । 

३) लगातार तीन सिजन च्यम्पियन्स लिग विजेता 
 

रियल मड्रिडका पूर्व खेलाडी रोनाल्डोले आफ्नो क्लबलाई लगातार तीन सिजन च्याम्पियन्स लिगको उपाधि जिताउन सफल भएका छन् । रोनाल्डो रियलमा रहँदा सन् २०१५–१६ को सिजनदेखि २०१७–१८ को सिजनसम्म च्याम्पियन्स लिगको उपाधि उचालेका थिए । 

२) फरक दुई देशका दुई लिग जित्न सफल

स्टार खेलाडी रोनाल्डोले फरक दुई देशका मुख्य लिगहरु जिताउन सफल छन् । रोनाल्डो एक इटालियन क्लब युभेन्ट्समा भने सिरी एको जित नजिक छन् । 

रोनाल्डोले इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट सन् २००८ को सिजनमा प्रिमियर लिग जिताउन सफल भएका थिए । रोनाल्डोले सन् २००९ को सिजनमा रियल मड्रिडलाई ला लिगा जिताउन सफल भएका थिए । रोनाल्डोले सिरी ए जिताउने लगभग पक्का छ । किनभने युभेन्ट्स दोस्रो स्थानको नेपोली भन्दा १५ अंकले अघि छ । लिगमा अव जम्मा १० खेल बाँकी छन् । 
 

१) दुई क्लबबाट मुख्य अवार्ड 
पाँच पटकका बालोन डी ओर विजेता रोनाल्डोले दुई ठूला क्लबबाट मुख्य अवार्ड हात पारी सकेका छन् । उनले म्यान्चेस्टर युनाइटेडमा रहँदा र रियल मड्रिडमा रहदा बालोन डी ओर जित्न सफल छन् । रोनाल्डो हाल युभेन्ट्समा रहँदा पनि उत्कृष्ट फर्ममा छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १०, २०७५  ०७:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro