site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
केरुङ–काठमाडौं रेलमार्ग अध्ययन गर्न भौतिक मन्त्रालयले माग्यो १७ अर्ब 
Sarbottam CementSarbottam Cement

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केरुङ–काठमाडौं रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट निकासा गर्न सरकारसँग माग गरेको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले चीन सरकारको सहयोगमा प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न गरेको सो रेलमार्गको फिजिबिलिटी अध्ययनका लागि तत्काल १७ अर्ब बजेट आवश्यक रहेको बताए । 

सोमबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै सचिव अधिकारीले बजेट अभावमा वीरगञ्ज–काठमाडौं रेलमार्ग निर्माणका लागि फिजिबिलिटी अध्ययनको काम अघि बढाउन नसकिएको पनि स्पष्ट पारे ।  सो रेलमार्गको प्रि–फिजिबिलिटी भारत सरकारको सहयोगमा सम्पन्न गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भौतिक मन्त्रालयका अनुसार केरुङ–काठमाडौं रेलमार्ग निर्माणको फिजिविलिटी अध्ययनका लागि करिब ३५ अर्ब लाग्ने अनुमान छ ।  यस्तै वीरगञ्ज–काठमाडौं रेलमार्गको फिजिविलिटी अध्ययनका लागि करिब ७ अर्ब लाग्ने अनुमान मन्त्रालयले गरेको छ । 
सो दुवै रेलमार्गको फिजिविलिटी अध्ययनको काम अघि बढाउन बजेटको अभाव रहेको सचिव अधिकारीको भनाइ छ ।

मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म ३८ प्रतिशत पुँजीगत खर्च गरेको पनि समितिलाई जानकारी दिए ।  सचिव अधिकारीले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने काममा ढिलाइ भएकाले पुँजीगत खर्च अपेक्षाअनुसार नभएको बताउँदै बजेट खर्च गर्न नसकिए पनि अब ती योजनाले गति लिने दाबी गरे । 

Global Ime bank

“चालु आर्थिक वर्षभित्र आफ्नो मन्त्रालयले लक्ष्य अनुसार नै पुँजीगत खर्च गर्ने छ,” सचिव अधिकारीले भने ।

तस्बिर रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  १५:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC