site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । लिभरपुल इङ्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लेको छ। यसअघि शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई पछि पार्दै लिभरपुलले शीर्ष स्थान ओगटेको हो। 
आइतबार फुलह्यामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २–१ को जित निकाल्दै लिगको शीर्ष स्थानमा उक्लेको हो। लिभरपुललाई जित दिलाउन साडियो माने र जेम्स मिल्नरले समान एक एक गोल गरे। खेलको २६ मिनेटमा मानेको गोलबाट लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो। 
यता खेलको ७४ औँ मिनेटमा फुलह्यामका लागि रायन बाबेलले गोल गर्र्दै घरेलु टोलीका लागि बराबरी गोल फर्काए। त्यस्तै लिभरपुलका लागि जेम्सले खेलको ८१ औँ मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई महत्वपूर्ण अंक दिलाए। 
आजको जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीले भने ७४ अंक जोडेको छ। 
आइतबार नै भएको अर्काे खेलमा चेल्सी एभर्टनसँग पराजित भएको छ। एभर्टनले चेल्सीलाई २–१ गोलले पराजित गरेको हो। 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  ११:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement