site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसीमा नयाँ सरकार गठनकाे माग गर्दै एमाले–माओवादीले प्रदेश प्रमुखलाई बुझाए पत्र

विराटनगर । कोसी प्रदेशका प्रमुख दुई दल नेकपा एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठनको प्रक्रिया थाल्न माग गर्दै प्रदेश प्रमुखलाई लिखित आग्रह गरेका छन् । 

नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका केदार कार्कीले विश्वासको मत गुमाएको भन्दै दुई दलले बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र दिँदै नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाउन माग गरेका हुन् । असोज २७ गते एमालेका ३९ सांसद र कांग्रेसका आठ सांसदको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

Dabur Nepal
NIC Asia

कोसी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीलाई एमाले र माओवादीले दिएको समर्थन फिर्ता भइसकेको र विश्वासको मत समेत नलिएकोले अब नयाँ प्रक्रियामा जान आग्रह गरिएको छ । 

“अल्पमतमा परेको थाहा पाउँदापाउँदै पनि संविधानको धारा १८८ (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रायोजनको लागि समयावधिभित्र प्रदेशसभाको अधिवेशन आह्वानका लागि कुनै प्रक्रियाअगाडि नबढाएको र राजीनामा पनि नदिएको हुँदा विक्रम संवत् २०८१ साल वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्कीले कोसी प्रदेश सरकाको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत गुमाई स्वतः पद मुक्त भइसक्नु भएको” भन्ने व्यहोरा पत्रमा छ । ती दलले नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माग गरेका छन् । 

नेकपा एमाले कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की र नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश प्रमुख खापुङलाई पत्र दिएका हुन् । यही वैसाख ७ गते एमाले र माओवादीले प्रदेशसभाबाट संकल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्रीलाई राजीनामा दिन वा विश्वासको मत लिन आग्रह गरेका थिए । 

प्रदेशसभा सचिवालयले मुख्यमन्त्री कार्कीले विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै पत्र दर्ता नगराएको ती दललाई जानकारी गराएको थियो । प्रदेश प्रमुख खापुङले संविधान र नियम कानुनअनुसार नै आफू अघि बढ्ने बताएका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १७:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro