site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
यही सरकार जनसरकार हो, कम्युनिष्ट सरकार कस्तो हुन्छ हामी देखाउछौं : प्रधानमन्त्री
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिएका छन् । 

नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उनले सो  निर्देशन दिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस भन्ने शुभकामना समेत सो अवसरमा दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार भएको बताए ।  “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो, ” प्रधानमन्त्री ओलीले भने, “कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ ।” 

आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उनले निर्देशन दिए । उनले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिएका थिए ।

Global Ime bank

प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी समेत गरे । “नेकपा वैचारिक  हिसावले स्पष्ट छ ” प्रधानमन्त्रीले भने, “ हरेक राष्ट्रिय मुद्धामा हाम्रो मत स्पष्ट छ ।” 

प्रधानमन्त्री ओलीले शास्त्रीय माक्र्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने माक्सवाद उपयोग गर्नुपर्नेमा जोड दिए । माक्र्सवाद आजको समयअनुसार चल्न सक्ने सैद्धान्तिक दिशानिर्देश गरेको उनले बताए । वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले १नम्बर प्रदेशको धार्मिक र ऐतिहासिकताको चर्चा गरेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत ४, २०७५  ०८:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC