site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कांग्रेसले ल्याएको शान्ति र संविधान नरहने हो कि भन्ने चिन्‍ता बढ्यो : नेता लेखक
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बैतडी । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले कम्युनिष्ट नेतृत्वको सरकारका कारण कांग्रेसलाई मुलुकको शान्ति सुरक्षासँगै संविधान र राष्ट्रियताप्रति चिन्ता बढेको बताएका छन्।
 
कांग्रेस बैतडीले आइतबार सुर्नया गाउँपालिकामा आयोजना गरेको अर्न्तक्रिया कार्यक्रममा नेता लेखकले कांग्रेसलाई चुनाव हारेको चिन्ता नभई मुलुकको शान्ति सुरक्षासँगै संविधान र राष्ट्रियताप्रति चिन्ता बढेको बताएका हुन्। 

‘‘नेपाली कांग्रेसलाई चुनाव हारेको चिन्ता होइन, कांग्रेसले ल्याएको शान्ति, संविधान, राष्ट्रियता जीवन्त नरहने हो कि भन्ने चिन्ता लागेको छ’’ उनले भने। नेता लखेकले सरकार भ्रष्टाचारमा लिप्त रहेको पनि दोहोर्‍याए।
 
‘‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्मै डुबेको सबैले थाहा पाइसकेका छन्,’’ उनले भने, ‘‘भ्रष्टाचारीको अनुहार हेर्दिन भन्ने प्रधानमन्त्रीले आफ्नो अनुहार ऐनामा हेरे पुग्छ। केन्द्रदेखि गाउँसम्म संस्थागत भ्रष्टाचार व्याप्त छ।’’

नेता लेखकले पराजित मानसिकता छोडेर उच्च मनोबलका साथ पार्टीभित्र बृहत एकता कायम गरेर जनतालाई आश्वास्त पार्न कार्यकर्तालाई निर्देशनसमेत दिए। जिल्ला सभापति नरेन्द्रसिंह थापाको सभापतित्वमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता लेखकसँगै पूर्वराज्यमन्त्री नरबहादुर चन्द, पूर्वसहायक मन्त्री केशवबहादुर चन्दलगायतका नेताहरु उपस्थित थिए। 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५  १८:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC