सरकारका गतिविधिले जनतामा निराशा छायो : नेता लेखक

सरकारका गतिविधिले जनतामा निराशा छायो : नेता लेखक

अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारका गतिविधिले जनतामा निराशा छाएको बताएका छन्। 

नेपाल प्रेस यूनियन अछामले शुक्रबार साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता लेखकले भ्रष्टाचारी र अपराधीलाई संरक्षणबाहेक अन्य कुनै पनि राम्रा काम गर्न नसकेका कारण जनतामा निराशा छाएको बताए।
 
कम्प्युनिष्टको सरकार बनेपछि अपराध दिन दुई गुना रात चौगुना बढेको उनको आरोप थियो। अहिले कांग्रेस कमजोर हुँदा मुलुक पनि कमजोर भएको जिकिर गर्दै लेखकले भने, ‘‘चुनाव जित्दैमा मात्तिने र हार्दैमा आत्तिने कांग्रेस होइन, वर्तमान सरकारले राष्ट्रघाति काम मात्र गरेकोले यो सरकार पूर्णरुपमा असफल भइसकेको छ।’’

सिके रावतसँग भएको सम्झौता राष्ट्रघाति, अपारदर्शी र बिखण्डनकारी भएको उनको दाबी थियो। 
 

प्रतिकृया दिनुहोस
ad