कांग्रेसमा सुपर डेलिगेट्सको व्यवस्था

कल्याणकुमार गुरुङ

हालै सम्पन्न नेपाली कांग्रेसको महासमितिको बैठकमा अधिकांश जिल्ला सभापति र महासमिति सदस्यले पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्य वडा तहबाटैक्षेत्रीय अधिवेशन प्रतिनिधि निर्वाचितभएर आउनुपर्ने धारणा अधिकांश प्रतिनिधिले राखेका थिए । यस्तै उनीहरूले समानुपातिकतर्फबाट एक पटकमात्र सांसद बन्न सक्ने व्यवस्था हुनुपर्ने, र समावेशी कोटा ( भौगोलिक, सामुदायिक, लैङ्गिक, धर्ममा आधारितलगायत)बाट केन्द्रीय कार्य समितिमा ‘एक व्यक्तिः एक पदः एक पटक’को लागिमात्र हुने व्यवस्था विधानमा नै हुनुपर्छ भन्ने धारणा पनि राखेका थिए ।

महासमितिको बैठकमा विधानअनुसार पार्टी संचालन हुनुपर्छ, नेताहरूमिलेर पार्टीलाई गतिशील तुल्याउनुपर्छ, पार्टीमा गुट उपगुट हुनुहँदैन । सबै कार्यकर्तालाई राजनीतिक न्याय र राजनीतिक सुरक्षा हुनुपर्छ ।राष्ट्रिय सभाबाट सांसद एक पटकमात्र हुन पाउने व्यवस्था हुनुपर्छ । प्रतिनिधि सभा–प्रदेश सभा–राष्ट्रिय सभामा एक पटक प्रत्यक्ष वा समानुपातिक सांसद भएको व्यक्ति वा एक पटक कुनै पनि संसद्को सांसद भइसकेको व्यक्ति पुनः समानुपातिक सांसद बन्न नपाउने र प्रतिनिधि सभा–प्रदेश सभामा प्रत्यक्ष वा समानुपातिक सांसद भइसकेको व्यक्ति राष्ट्रिय सभामा सांसद हुन नपाउनेव्यवस्थाविधानमा हुनुपर्छ ।अवसरहरुको समान र न्यायपूर्ण तरिकाले वितरण हुनुपर्छ । कसैलाई काखा र कसैलाई पाखा गर्नुहुँदैन भन्ने धारणा पनि अधिकांश महासमिति सदस्यहरुबबैठकमा प्रस्तुत भएको थियो । यसैगरी कम्युनिस्ट अधिनायकवाद, जातीय अतिवाद, नस्लवाद र क्षेत्रीय अतिवादसँग संघर्ष गर्नुपर्छ भन्ने विचार पनि प्रकट भएको थियो ।

हिन्दु राष्ट्र, धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रताका विषयमा पनि विभिन्न धारणामहासमितिको बैठकमा आयो । राज्यको पुनर्संरचनासँगै  संगठनको संरचना निर्माण गर्ने र विधानमा अन्य के के विषयमा संशोधन गर्ने भन्ने विषयमा पनि महासमितिको बैठकमा गंभीर छलफल भएको थियो ।

नेपाली कांग्रेसको महासमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव दुई प्रकारबाट आउन सक्ने वैधानिक प्रावधान छ । पहिलो, केन्द्रीय कार्यसमितिका तर्फबाट महासमितिको बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत हुनसक्छ । दोस्रो, महासमिति सदस्यमध्ये २५ प्रतिशतले  हस्ताक्षर गरेर विधान संशोधनसम्बन्धी प्रस्ताव महासमितिको बैठकमा प्रस्तुत गर्नसक्छन् । महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनसम्बन्धी प्रस्ताव महासमिति सदस्यको बैठकबाट यात सर्वसम्मतरुपले नभए दुई तिहाइ सदस्यले अनुमोदन गरेपछि मात्र पा्ित हुने वैधानिक व्यवस्था छ । महासमितिको बैठकले आफ्नो अधिकार केन्द्रीय कार्य समितिलाई प्रत्यायोजन गर्न सक्छ ।

महासमिति बैठकको समापन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ट नेता रामचन्द्र पौडेलले सम्बोधन गर्नु भयो । महासमितिको बैठकमा आएका सुझाव समावेश गरेर केन्द्रीय कार्यसमितिको बैठकमा छलफल गरी पारित गर्नेगरीविधान संशोधनका साथै  राजनीतिक, आर्थिक नीतिसम्बन्धीर सांगठनिकलगायतका प्रस्ताव सर्वसम्मतिबाट पारित भयो । केन्द्रीय कार्यसमितिको बैठकमा विधान संशोधनसम्बन्धीर राजनीतिक प्रस्तावमध्ये केही पदाधिकारी र सदस्यको फरक मत रहेकोले फरक मत हुनेले माइन्युट बुकमा निर्णयसँंगै  तल फरक मत लेख्ने गरी केन्द्रीय कार्य समितिबाट महासमितिको बैठकमा पेस गरेको विधान र राजनीतिक प्रस्ताव बहुमतबाट पारित गरियो । अन्य प्रस्ताव भने सर्वसम्मतिले नै पास भए । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म अहिले केन्द्रीय कार्य समितिको बैठकबाट पास भएको विधान नै लागु हुन्छ । यसमा केन्द्रीय समितिकाकेही पदाधिकारी र सदस्यहरुले फरक मत लेख्नुभएको छ ।

नेपाली कांग्रेसभित्र इमानदार, लोकतन्त्रको लागि लामो समय संघर्ष गरेर जेल वा प्रवासमा बसेका, पार्टीमा निरन्तर काम गरिरहेका तर आर्थिक हैसियत कमजोर भएका, स्वाभिमानपूर्वक पार्टीभित्र आफ्नो धारणा राख्ने, प्रभावशाली नेताका नाता र कृपामा नपरेका, आर्थिक हैसियत उच्च नभएका र अन्य विविध विषय र तरिकाबाट प्रभावित तुल्याउन नसक्ने राजनीतिक व्यक्ति बिस्तारै पाखा लाग्दै जान थाले भन्ने गंभीर चिन्ता देशभर कार्यकर्ता पंक्तिमा गंभीररूपमा उठेको छ । यसैगरी, नेपाली कांग्रेसको मुख्य आधारको रुपमा रहेको ‘क्रियाशील सदस्य’ वितरण गर्दा पार्टीको आदर्श, सिद्धान्त, विचार, आस्था, नीति र विधानको बारेमा सूक्ष्म ढंगले बुझाएर वितरण गर्नुपर्नेमा अधिकांश ‘क्रियाशील सदस्य’को वितरणमा अन्यथा भएकोमाप्रश्नपनि उठेको छ । ‘क्रियाशील सदस्य’ भनेको पार्टीको आदर्श, सिद्धान्त, विचार र नीतिलाई राम्रोसँग बुझेको र अरुलाई पनि बुझाउन सक्ने तथा सोअनुसारको कार्य गर्नसक्ने व्यक्ति हुनु पर्छ । साथै पार्टीको आदर्श र सिद्धान्तप्रति आस्थावान् रहेर जस्तोसुकै दुःख सहन पनि तयार हुने तथा पार्टीको सिद्धान्त, विचार र नीतिको लागि सहिदसम्म हुन नहिचकिचाउने व्यक्ति नै ‘क्रियाशील सदस्य’को प्रमुख हकदार हुनुपर्छ । विडम्बना, ‘क्रियाशील सदस्य’ आफू, आफ्ना मान्छे र प्रतिस्पर्धीलाई हेरेर वितरण गरिन्छ । अधिकांश ठाउँमा कसैले कसैलाई ‘क्रियाशील सदस्य’ वितरण गर्दा नत पार्टीको आदर्श, सिद्धान्त, विचार, नीति र विधानको बारेमा संझाएर बुझाएर नै गरे, नत कसैले कसैबाट ‘क्रियाशील सदस्य’ लिँदा पनि ग्रहण गर्ने व्यक्तिले पार्टीको आदर्श, सिद्धान्त, विचार, नीति र विधानको विषयमा राम्ररी संझिएर बुझेर नै लिए । ‘क्रियाशील सदस्य’ ले नै पार्टीको बुथ समिति, वडा समितिदेखि केन्द्रीय समितिसम्मको संरचनामा र यसमा रहने नेतृत्व र सदस्यको भविष्य, चुनावमा पार्टीको जितहार, पार्टीभित्रको राजनीतिक व्यक्तिहरुको राजनीतिक भविष्य निर्धारण गर्छ। अन्ततः पार्टीको भविष्यमाथि नै क्रियाशील सदस्यताको गंभीर प्रत्यक्ष प्रभाव पर्छ । कतैकतैको चुनावमा पार्टीको उमेदवारलाई कुनै वडामा त्यहाँ रहेका ‘क्रियाशील सदस्य’को संख्याभन्दा पनि कम भोट आयो भन्ने गुनासो पार्टीभित्र व्यापक छ । यस प्रकारका ‘क्रियाशील सदस्य’को कुनै अर्थ छैन र यसले पार्टीलाई नोक्सान गर्छ । यसर्थ, ‘क्रियाशील सदस्य’ को हकदार को ? ‘क्रियाशील सदस्य’ को वितरणको मापदण्ड के बनाउने ? ‘क्रियाशील सदस्य’ को वितरण प्रक्रिया कस्तो निर्माण गर्ने? ‘क्रियाशील सदस्य’ को काम, कर्तव्य र अधिकारलाई कसरी व्यवस्थित तुल्याउने ? यसको विषयमा गंभीर बहस हुनुपर्छ भन्ने आवाज गंभीर र व्यापकरुपमा उठेको छ ।

नेपाली कांग्रेसमा उमेरको हद तोक्नुपर्छ र उमेरको हद तोक्नु हुँदैन भन्ने विषयमा पनि गंभीर बहस चलेको छ । लामो समयदेखि लोकतान्त्रिक आन्दोलनको समयदेखि नै पार्टीका लागि निरन्तर काम गरिरहेका तर आजसम्म पार्टीबाट कुनै लाभ प्राप्त नगरेकाहरु बाँचुन्जेल पार्टीको हितमा काम गर्छु भन्छन् भनेतिनको विषयमा पार्टीले सोच्ने कि नसोच्ने ?उनीहरुको भनाइमा राजनीतिमा पनि उमेरको हद हुन्छ र ? यो खुला र गंभीर बहसको विषय हुन सक्छ ।

नेपाली कांग्रेस सत्तामा हुँदा राजनीतिक नियुक्ती लिन, ठेक्का लिन, सरुवा बढुवाको लाभ लिन र अनेक आर्थिक र व्यक्तिगत फाइदा लिनतथा सुविधाजनक राजनीति गर्ने वातावरण हुँदा धेरै मानिस कांग्रेसमा प्रवेश गरे होलान् । तर, देशमा लोकतन्त्रको लागि संघर्ष गर्दा जेल जानुपर्ने समयमा, प्रवासमा जानुपर्ने समयमा, सर्वस्वसहित जन्मकैदको सजायसम्म हुने समयमा र फासीको सजायसम्म पाउन सक्ने जोखिम रहेको समयमा पनि पार्टीको सिद्धान्त, विचार र आस्थाप्रति समर्पित भएर निरन्तर सक्रिय रहेका राजनीतिक व्यक्तिको पार्टीले मूल्याङकन गर्ने कि नगर्ने ?

निरंकुश राणा शासनको समय तथा एक दलीय निरंकुश पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएर नेपाली कांग्रेसको आह्वानमा सहिद भएका महान्सहिदको परिवारप्रति पार्टीको पूर्ण जवाफदेहिता छ, रहनुपर्छ र रहनेछ भन्ने विश्वासको वातावरण तयार गर्नुपर्छ । नेपालका तत्कालीन  माओवादीले सुुरु गरेको हिंसात्मक द्वन्द्वकालमा माओवादीले र तराईका सशस्त्र समूहले हिंसात्मक तरिकाले मारेकाहरूको परिवारजन र अंगभंंग बनाएका तथागंभीर घाइतेप्रति पनि नेपाली कांग्रेसको नैतिक दायित्व रहन्छ । यसर्थ, सहिद परिवारका सदस्यलगायत उनीहरूलाई निराश हुन नदिएर पार्टीभित्र कसरी अवसरहरु सिर्जना गर्ने भन्ने विषयमा देशभरव्यापक बहस हुनु आवश्यक छ । यस प्रकारका गंभीर र तथ्यपरक वहसले तार्किक निष्कर्ष र सकारात्मक परिणामको जन्म दिन्छ ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो । यसले अहिंसात्मक र शान्तिपूर्ण राजनीतिमा विश्वास गर्छ । बहुलवादमा आधारित बहुदलीय संसदीय राजनीतिक प्रणालीमा विश्वास गर्ने भएकोले विधिको शासन र शान्तिपूर्ण प्रतिस्पर्धामा नेपाली कांग्रेसको विश्वास रहेको छ । लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छ । यसैगरी लोकतान्त्रिक पार्टीमा पनि बहुमत पक्ष (संस्थापन) र अल्पमत पक्ष ( फरक मत ) हुन्छ । लोकतान्त्रिक प्रक्रियामा प्रतिपक्ष र फरक मत लोकतन्त्रको गहना हुन् । यसर्थ, लोकतान्त्रिक प्रणालीले सबैको शान्तिपूर्ण अस्तित्वलाई स्वीकार गर्छ । निरंकुशतावादी, अतिवादी र साम्प्रदायिक राजनीतिले मात्रै अरुको अस्तित्व स्वीकार गर्दैन ।

नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकोले यसले संगठनभित्रका सबै मत र विचारलाई राजनीतिकरुपले स्विकार गर्छ र यी भिन्न भिन्न मत र विचारहरुको राजनीतिक व्यवस्थापन गर्नु आवश्यक छ र हुन्छ ।विधान र विवेकको सँगै प्रयोग गर्दा नै लोकतान्त्रिक पद्धति बलियो र गतिशील हुनसक्छ।

राजनीतिमा मात्र होइन समाजका सबै क्षेत्रमा पुस्तान्तर ( जेनेरेसन ग्याप) हुन्छ । यो सत्य हो । समाजका सबै क्षेत्रमा पुस्तान्तरको प्रभाव पनि प्रष्ट देखिन्छ । यो पनि अर्को सत्य हो । समाजको गतिशील सिद्धान्तले नै समाज र राजनीतिक दलहरुलाई जीवन्त तुल्याएको हुन्छ । राजनीतिक दलमा पनि विभिन्न उमेर समूह वा पुुस्ता–पुस्ताका मानिस लागेका हुन्छन् । उमेरको आधारले नै कसैलाई राम्रो वा कसैलाई खराब भन्न मिल्दैन र भन्नु पनि हँुदैन । नया पुस्तालाई पार्टीमा आकर्षित गरिएन भने पार्टी जीवन्त र गतिशील नहुन सक्छ । यसैगरी पार्टीमा निरन्तर काम गरिरहेका पुराना पुस्तालाई पनि पार्टीभित्र सम्मानजनक वातावरण भएन भने पार्टी जीवित त रहला तर यसभित्रको राजनीतिक संस्कार, आदर्श र विचार धमिलिन सक्छ । घर र समाजमा सबै पुस्ता र उमेर समूहका मानिसहरु मिलेर बसेजस्तै पार्टीभित्र पनि सबै पुस्ता र उमेर समूहका मानिसमिलेर बस्ने राजनीतिक, वैधानिक, नैतिक र सामाजिक वातावरण निर्माण गर्नुपर्छ ।‘पुराना पुस्तालाई सम्मानसहित पार्टीभित्र राजनीतिक निरन्तरता — नयाँ पुस्तालाई पार्टीभित्र न्यायपूर्ण अवसरको सुनिश्चित प्रतिबद्धता’ भयो भने पार्टी भित्र पुस्तान्तरको नकारात्मक प्रभाव कम हुन्छ ।

‘सुपर डेलिगेट्स’ को आवश्यकता किन ?
कुनै पनि पार्टीको जीवन पार्टीको सिद्धान्त, आदर्श, विचार, नीति र विधानप्रति आस्थावान पार्टीभित्रका राजनीतिकव्यक्ति नै हुन् । सिद्धान्तमा आधारित राजनीति गर्ने राजनीतिकव्यक्तिले नै पार्टीको आयु थपिरहेका हुन्छन् । उनीहरुले नै पार्टीको सिद्धान्तको ज्योतिमाआफ्नो रगत, पसिना, अटुट विश्वास, आस्था, आयु र योग्यता थपेर अझ प्रज्वलित तुल्याउँछन् ।

यसैले पार्टीको ‘मुटु’ पार्टीभित्रको संगठनको सिद्धान्त, आदर्श, विचार, नीति र विधानप्रति आस्थावान पार्टीका राजनीतिकव्यक्ति नै हुन् । हामी हाम्रो शरीरको ‘मुटु’ जोगाउन सुरक्षा र संरक्षणका अनेक उपाय अपनाउँछौँ ।मुटुले काम गर्न छोड्यो भने शरीरको अन्य अंगले पनि काम गर्न छोड्छ । राजनीतिक दलको ‘मुटु’ संगठनभित्रका राजनीतिकव्यक्ति हुन् । पार्टीलाई जीवन्त तुल्याउन संगठनभित्रको राजनीतिक व्यक्तिलाई संरक्षण र संवद्र्धन गर्नुआवश्यक हुन्छ । यिनैको संरक्षण र संबद्र्धन गर्दै संगठनलाई अझ जीवन्त, न्यायपूर्ण र गतिशील तुल्याउनपनि ‘सुपर डेलिगेट्स’ को आवश्यकता भएको हो । यसले नातावाद, कृपावादलगायतका अन्य विकृतिबाट संगठनभित्रका ‘राजनीतिक व्यक्ति’को इज्जत र अस्तित्वलाई जोगाउँछ । यसले पैसाको अनावश्यक चलखेलबाट पार्टीका ‘राजनीतिक व्यक्ति’लाई जोगाउँछ । यसले ‘पुस्तान्तर’ को समस्याबाट ‘राजनीतिक व्यक्ति’लाई केही हदसम्म सामाधान दिन्छ । यसले संगठनको सिद्धान्त, आदर्श, विचार, नीति र विधानप्रति आस्थावान्पार्टीका ‘राजनीतिक व्यक्ति’ को राजनीतिक भविष्य सुरक्षित र संरक्षित गर्छ । यसले ‘राजनीतिक न्याय’ र ‘राजनीतिक सुरक्षा’ को अनुभूति र विश्वाशको वातावरण ‘राजनीतिक व्यक्ति’ मा तयार गर्छ । यसले संगठनको सिद्धान्त, आदर्श, विचार, नीति र विधानलाई निरन्तरता दिँदै पार्टीलाई थप जीवन्त र गलिशील तुल्याउँछ । यसले पार्टीभित्रका पुराना ‘राजनीतिक व्यक्ति’लाई सम्मानसहित अवसरको निरन्तरता र नयाँ पुस्तालाई न्यायपूर्ण राजनीतिक अवसर र राजनीतिक सुरक्षाको सुनिश्चित प्रतिबद्धता गर्न सक्छ ।

नेपाली कांग्रेसभित्र केन्द्रीय महाधिवेशनको समयसुरु हुनेबेलामा कतिपय स्थानमा क्रियाशील सदस्यता वितरणबाटै झगडा पनि सुरु हुन्छ । यो अत्यन्त दुःखद पक्ष हो । अहिले नेपाली कांग्रेसभित्र केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यमात्र केन्द्रीय महाधिवेशनसम्म ‘सुपर डेलिगेट्स’ हुने प्रावधान छ । यो अत्यन्त सानो संख्याको ‘सुपर डेलिगेट्स’ हो । ‘सुपर डेलिगेट्स’ को संख्या बढाउनुपर्छ र यसको दायरा अझ फराकिलो बनाउनुुपर्छ । अझ जब वडा अधिवेशन सुरु हुन्छ अनि देशभरफलानो मान्छे वडामा नै क्षेत्रीय अधिवेशनमा पराजित भयो, उसले नहारेको भए हुन्थ्यो भन्न थालिन्छ । फलानो मान्छे क्षेत्रीय अधिवेशन प्रतिनिधि नजितेको भए हुन्थ्यो । फलानो मान्छेले पैसाको बलमा जित्यो । फलानो मान्छेले यति धेरै पैसा खर्च गरेर पनि हा¥यो, अर्को मान्छेले ऊभन्दा पनि धेरै खर्च गरेर जित्यो भन्ने लाजमर्दो चर्चा देशभरी चल्छ । पार्टीभित्र पैसाको चलखेल प्रभावकारी हुन पुग्छ । फलानो चाहिँ फलानोको नातेदार भएकाले जित्यो । फलानोलाई फलानोको कृपा भएकोले जित्यो नत्र उसले क्षेत्रीय अधिवेशन प्रतिनिधि हार्ने थियो । यस्तो प्रकारको दुःखलाग्दो चर्चा पनि चल्ने गरेको छ । यसले नेपाली कांग्रेसभित्रका राजनीतिक मानिसको मन दुख्छ । नेपाली कांग्रेसका कार्यकर्ताको मात्र होइन मतदाता र शुभेच्छुकको पनि मन दुख्छ । एकछिन आखा बन्द गरेर शान्त चित्तले क्षेत्रीय अधिवेशन प्रतिनिधिको निर्वाचनमा आफैंले क्रियाशील दिएको व्यक्तिबाट वा पार्टीमा भरखरै प्रवेश गरेको व्यक्तिबाट पराजित भएको परिकल्पना गरेर सोचौँ त, कस्तो महस‘ हुन्छ ? एकछिन आखा बन्द गरेर शान्त चित्तले आफैंले क्रियाशील सदस्य नपाएको वा आफ्नो क्रियाशील सदस्यता नवीकरण नभएको क्षण परिकल्पना गरेर सोचौँ त कस्तो मनमा लाग्छ ? आफूलाई केन्द्रमा राखेरसोच्दा अत्यन्त दुःख लाग्छ । हामीले सबैलाई आफूलाई जस्तै अत्यन्त दुःख लाग्छ भन्ने सोच्नुपर्छ । अब यस्तो दुःखदायी वातावरण सिर्जना हुन नदिनविधानमा नै यो दुःखको कारणको  निवारण हुने व्यवस्था गर्न सक्नुपर्छ । यसैले ‘राजनीतिक व्यक्तिहरु’ को पार्टीभित्र राजनीतिक हत्या हुने वातावरण केही हदसम्म रोक्नपनि ‘सुपर डेलिगेट्स’ को अभ्यास आवश्यक देखिन्छ । पार्टीभित्रको निर्वाचनमा प्रायः ‘राजनीतिक मतदाता (पोलिटिकल भोटर)’ ले मात्र  ‘राजनीतिक नेता ( पोलिटिकल लिडर)’ चयन गर्छ । पार्टीभित्रको राजनीतिक मतदाता, राजनीतिक नेता र निष्ठावान कार्यकर्ता मिलेरमात्र राजनीतिक दल र यसको आदर्शलाई जोगाउन, जीवन्त राख्न र गतिशील तुल्याउन सक्छन् ।पार्टीभित्रको राजनीतिक मतदाता, राजनीतिक नेता र निष्ठावान कार्यकर्तालाई संरक्षण गर्न र ऊर्जाशील बनाउनपनि ‘सुपर डेलिगेट्स’ को आवश्यकता हुन्छ ।

पार्टीभित्रको निर्वाचनमा प्रायः ‘ गैरराजनीतिक मतदाता (ननपोलिटिकल भोटर)’ लेमात्र  ‘गैरराजनीतिक नेता ( ननपोलिटिकल लिडर)’ चयन गर्न सक्छ । पार्टीभित्रको गैरराजनीतिक मतदाता, गैरराजनीतिक नेता र गैरराजनीतिक कार्यकर्ताले  राजनीतिक दल र यसको आदर्शलाई जोगाउन, जीवन्त राख्न र गतिशील तुल्याउन सक्तैनन् ।

राजनीतिक दल र यसको आदर्शलाई जोगाउन, जीवन्त राख्न र गतिशील तुल्याउन पार्टीभित्रका ‘राजनीतिक व्यक्तिहरु’ राजनीतिक मतदाता, राजनीतिक नेता र निष्ठावान कार्यकर्ता, जो राजनीतिक दलको वा संगठनको वा पार्टीका ‘मुटु’ हुन् तिनलाई जोगाउन, संरक्षण गर्न, संवद्र्धन गर्न र ऊर्जाशील बनाउनपनि ‘सुपर डेलिगेट्स’ को आवश्यकता हुन्छ र ‘सुपर डेलिगेट्स’ को धारणा वा विचारधारा पनि यसै प्रकारका अनेक आवश्यकताबाट पनि गर्भाधान भएको हो । 

पार्टीमा एकले अर्कालाई सहयोग गरेर तथा एक आपसमा हातेमालो गरेर संगठनलाई सुुसंगठित  र सुदृढ गर्नुपर्ने हुन्छ । तर, कतिपयलेआफू र आफूलाई मनपर्ने बाहेक पार्टीभित्रकै अन्य मानिसलाई संगठनको निर्वाचनमा जसरी पनि पराजित गर्ने, संगठनमा भूमिका नदिने, संगठनको निर्णय प्रक्रियामा सहभागी नगराउने र संगठनमा सक्रिय हुने वातावरण नदिने र हतोत्साहित गर्ने मानसिकता बोकेका हुन्छन् । सबै ठाउँमा सबै राम्रो मान्छे मात्रै कहाँ हुन्छन् र ? देशभर नै प्रायः सबै संगठनमा बहुमत पक्षले विवेक प्रयोग नगर्दा संगठनभित्र दुःख र लगानी गरेका मानिसहरु संगठनको आन्तरिक निर्वाचनमा पराजित भएका छन् र राजनीतिबाट नै बाध्यतावश पाखा लागेका छन् । यस कार्यको समाज र संगठनभित्र नकारात्मक प्रभाव परिरहेको हुन्छ ।

राजनीतिमा मात्रै होइन, समाजको सबै क्षेत्रमा विवेकबिनाको बहुमतको कुनै महत्त्व र सुन्दर पक्ष हुदैन । संगठनभित्रविवेकहीन र अनैतिक प्रतिस्पर्धा रोक्न र यसबाट संगठन र समाजमा पर्ने नकारात्मक प्रभावलाई मत्थर पार्न पनि ‘सुपर डेलिगेट्स’ को आवश्यकता हुन्छ ।

‘सुपर डेलिगेट्स’को मापदण्ड के हो ?
‘सुपर डेलिगेट्सको मापदण्ड देश, संगठनको संरचना, आकार, सिद्धान्त, आवश्यकता, समाजको बनोट, देशको राजनीतिक परिस्थिति र संगठनको उद्देश्यअनुसार फरक फरक हुन सक्छ । नेपाली कांग्रेसका सन्दर्भमा नेपाली कांग्रेसको क्रियाशील सदस्य लिएको कम्तीमा दसवर्ष पुगेको व्यक्तिमध्ये पार्टीभित्रको आन्तरिक निर्वाचनमा भोट हाल्न र उम्मेदवार हुन पाउने अधिकारसहितको निम्न योग्यता पुगेका नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु ‘विशेष स्थायी महाधिवेशन प्रतिनिधि’ अर्थात् नेपाली कांग्रेसका ‘सुपर डेलिगेट्सहुनसक्छन् ।

संगठन भित्रका निम्न योग्यता पुगेका क्रियाशील सदस्यहरुलाई ‘सुपर डेलिगेट्स’ बनाउन सकिन्छ । 

कस्तो योग्यता पुगेका व्यक्तिलाई कुन तहसम्मको ‘सुपर डेलिगेट्स’ बनाउने भन्ने विषयमा व्यापकछलफल हुन सक्छ । चौधौं केन्द्रीय महाधिवेशनमा संवाद, छलफल र सहमतिको आधारमासर्वसम्मति वा बहुमतबाट ‘सुपर डेलिगेट्स’ को व्यवस्था गर्ने निर्णय गरेविधानमा तहगत आधारमा ‘सुपर डेलिगेट्स’ को व्यवस्था गर्न सकिन्छ । नेपाली कांग्रेसले आधिकारिकरुपमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यको हकमा केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाविधानमा उल्लेख गरेकोबाहेक अन्यको बारेमा अहिले कुनै पनि निर्णय गरेको छैन ।

नेपाली कांग्रेसको कम्तीमा केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्म हुनसक्ने निम्न योग्यता भएका कम्तीमा दश वर्ष क्रियाशील सदस्य रहेकामध्ये निम्न योग्यता पुगेका व्यक्तिलाई  ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमा गर्न सकिने देखिन्छ । यसविषय पार्टीको आगामी १४औं महाधिवेशनमा मात्र आधिकारिक छलफल हुन सक्छ । त्यसअघि नेपाली कांग्रेसको १४औं महाधिवेशनसम्म विचार निर्माणको क्रममा ‘सुपर डेलिगेट्स’ को विषयमा छलफल गर्न सकिन्छ ।

छलफलको लागि प्रस्तुत गरिएको ‘सुपर डेलिगेट्स’ का लागि योग्यताहरु निम्नानुसार हुन सक्छन्ः
१. पार्टीका सम्पूर्ण वर्तमान र पूर्व केन्द्रीय पदाधिकारी ।
२. केन्द्रीय कार्य समितिकावर्तमान र पूर्व सदस्यहरु ।
३. जिल्ला कार्य समितिका वर्तमान र पूर्व सभापतिहरु । 
४. पार्टीको तर्फबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र मुख्यमन्त्रीका उम्मेदवार भएकाहरु ।
५. प्रदेश समितिका वर्तमान र पूर्व सभापतिहरु।
६. पार्टीको तर्फबाट संघीय मन्त्री एवं सांसद भएका र पूर्व संघीय मन्त्री एवं पूर्व सांसदहरु ।
७. पार्टीको तर्फबाट प्रदेश सभामा मन्त्री एवं सांसद भएका र प्रदेश सभाका पूर्व मन्त्री एवं पूर्व सांसदहरु ।
८. निरन्तर दुई पटक महासमिति सदस्य वर्तमान र पूर्व सदस्यहरु ।
९.लगातार दुई पटक क्षेत्रीय सभापति भएका वर्तमान र पूर्व क्षेत्रीय सभापतिहरु ।
१०. पार्टीको भातृ संस्था एवं शुभेच्छुक संस्थाका वर्तमान र पूर्व प्रमुख एवं पदाधिकारीहरु।
११. पार्टीको विदेशस्थित जनसम्पर्क समितिका वर्तमान र पूर्व प्रमुखहरु।
१२. पार्टीको तर्फबाट लोकतान्त्रिक आन्दोलनमा लागेर वा तत्कालीन माओवादी र तराईको सशस्त्र समूहले गरेको हिंसात्मक द्वन्द्वमा परीसहीद र घाइते हुनु परिवारका सदस्य र घाईते मध्येबाट ।
१३. पार्टीको लोकतान्त्रिक आन्दोलनमा क्रममा ६ महिना वा सो भन्दा बढी समय जेल जीवन बिताएका वा १ वर्ष वा सोभन्दा बढी समय बाध्यताले प्रवासमा बसेका मध्येबाट ।
१४. पार्टीको तर्फबाट महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा उम्मेदवार भई निर्वाचित प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षमा निर्वाचितहरु ।
१५. पार्टीको तर्फबाट जिल्ला समन्वय समितिको संयोजकमा निर्वाचित जिल्ला समन्वय समितिका संयोजक, पूर्व संयोजक एवं जिल्ला विकास समितिका पूर्व सभापतिहरु । 
१६. महानगरपालिका, उप महानगरपालिका र नगरपालिकाको नगर कार्य समितिका लगातार दुई पटक सभापति भएका वर्तमान र पूर्व सभापतिहरु एवं गाउँपालिकामा गाउँपालिका कार्य समितिको लगातार दुईपटक अध्यक्ष भएका वर्तमान र पूर्व अध्यक्षहरु ।

नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको १०वर्ष पुगेका माथि उल्लेखित योग्यता भएका व्यक्ति पार्टीको केन्द्रीय महाधिवेशनमा मतदान गर्न र उमेदवार हुन पाउने दुवै अधिकारसहितको स्वतः विशेष स्थायी महाधिवेशन प्रतिनिधि ‘सुपर डेलिगेट्स’हुनेव्यवस्थाविधानमा गर्न सकिन्छ । यस्तो व्यवस्थाविधानमा उल्लेख गर्दा राम्रो हुन्छ कि हुँदैन ?  माथि उल्लेखित योग्यतामध्ये कसलाई कुन तहसम्मको ‘सुपर डेलिगेट्स’ हुनेव्यवस्था गर्न सकिन्छ ?माथि उल्लेखित योग्यतामा अन्य केही योग्यता थप गर्न सकिन्छ कि वा यसमा योग्यता घटाउन सकिन्छ कि ? के गर्दा राम्रो हुन्छ ?यसको लागि व्यापक र गम्भीर संवाद, छलफल र बहस आवश्यक छ ।

यसैगरीविधानमा निम्न थप केहीव्यवस्था गर्दा पार्टीलाई राम्रो हुन सक्छः

क.पार्टीको भातृ संस्था एवं शुभेच्छुक संस्थाका बहालवाला र पूर्व जिल्ला सभापतिहरुलाई वडा तहबाट स्वतः क्षेत्रीय अधिवेशन प्रतिनिधि आउने व्यवस्थाविधानमा उल्लेख गर्दा राम्रो हुन सक्छ । यसो गर्दा बढीभन्दा बढी मानिसलाई क्षेत्रीय अधिवेशन प्रतिनिधिकोरुपमा संगठनभित्र समेट्न सकिन्छ ।

ख. पार्टीको वडा तहदेखि केन्द्रीय तहसम्म र सबै समूहमा ‘एक व्यक्तिः एक पदः एक पटकमात्र’ हुन सक्नेव्यवस्थाविधानमा थप गर्दा राम्रो हुन सक्छ ।

ग. पार्टी सरकारमा हुँदा दिन सकिने मन्त्रीहरु, राजनीतिक नियुक्तिहरुर लाभको पदहलगायतमा पनि  ‘एक व्यक्ति, एक पद, एक पटकमात्र’ हुनेव्यवस्थाविधानमा थप गर्दा राम्रो हुन सक्छ ।

घ. केन्द्रीय कार्य समितिको निर्वाचनमा पार्टीका जिल्ला कार्य समितिका बहालवाला र पूर्व सभापतिले मात्र उम्मेदवार हुन पाउने र सबै महाधिवेशन प्रतिनिधिले मतदान गर्ने गरी केन्द्रीय सदस्यमा कम्तीमा चार जना महिलासहित जम्मा दस जना केन्द्रीय सदस्य निर्वाचित हुनसक्ने व्यवस्थाविधानमा गर्दा राम्रो हुन्छ ।

‘सुपर डेलिगेट्स’ को व्यवस्थाले संगठनभित्र धेरैभन्दा धेरै राजनीतिक व्यक्तिलाई समेट्न सकिन्छ । पार्टीको सर्वोच्च निकाय केन्द्रीय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सर्वोच्च अधिकार सहित ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमा गर्ने हो भने यसले प्रतिस्पर्धा र मतदाताको दायरालाई फराकिलो तुल्याउन सक्छ र संगठनभित्रको राजनीतिक व्यक्तिमा आशा, भरोसा, स्वाभिमान र आत्मविश्वास जगाएर अनुशासन, राजनीतिक संस्कार र नैतिकताको विकास गर्ने राजनीतिक वातावरण तयार गर्न सहयोग गर्न सक्छ । यस्तो व्यवस्थाविधानमा उल्लेख गर्दा पार्टीमा निरन्तर काम गरिरहेका राजनीतिक व्यक्तिमा भविष्यप्रतिको सुनिश्चितता र गरिमा प्रदान गर्न सक्छ । यसले राजनीतिकरुपले संगठनको नेतृत्व गर्ने चाहना राख्ने नेताहरुका लागि पनि महत्वपूर्ण राजनीतिक वातावरण र अनुशासित राजनीतिक प्रतिस्पर्धाको आयाम तयार गर्न सक्छ ।

विश्वका धेरै लोकतान्त्रिक देशका लोकतान्त्रिक पार्टीमा ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमा छ । विश्वका लोकतान्त्रिक पार्टीहरुको पनि विधानमा नै ‘सुपर डेलिगेट्स’ को व्यवस्थाले के संकेत गर्छ भने यो पनि एउटा लोकतान्त्रिक विधि नै हो र यसलाई प्रायः लोकतान्त्रिक पार्टीहरुको खास विशेषता वा चरित्रको रुपमा हेर्न सकिन्छ । दक्षिण एसियामा हेर्ने हो भने भारतको सम्पूर्ण राजनीतिक दलभित्र ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमा स्पष्ट उल्लेख गरिएको छ । यसैगरी बंगलादेश, पाकिस्तान, माल्दिप्स र श्रीलंकाका राजनीतिक दलहरुमा पनि ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमै छ । एसियाका थाइल्यान्ड, जापान, सिंगापुर र  मलेसियालगायतका देशका लोकतान्त्रिक पार्टीमा ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमा उल्लेख गरिएको छ । अमेरिकाको डेमोक्र्याटिक पार्टी र रिपब्लिकन पार्टीमा पनि ‘सुपर डेलिगेट्स’ को व्यवस्था छ । ब्रिटेन र न्युजिल्याण्डको लेबर पार्टी र ब्रिटेनको कन्जरभेटिभ पार्टीलगायतका पार्टीमा पनि ‘सुपर डेलिगेट्स’ को व्यवस्थाविधानमा छ । युरोप, क्यानडा र अस्ट्रेलियामा प्रायः सबै राजनीतिक दलमा ‘सुपर डेलिगेट्स’ को व्यवस्था छ । दक्षिण अफ्रिकाको अफ्रिकन नेसनल कांग्रेसमा पनि ‘सुपर डेलिगेट्स’ को व्यवस्था छ । यसको प्रकृति, संख्या, योग्यता, नामाकरण, अधिकार र प्रावधान भने देश र पार्टीपिच्छे फरक फरक पाइन्छ । नेपालको पनि धेरै राजनीतिक दलहरु र तिनका भातृ एवं शुभेच्छुक संस्थाहरुमा फरक फरक शैली र संख्यामा ‘सुपर डेलिगेट्स’ को व्यवस्थापाइन्छ । उदाहरणका लागि नेपाली कांग्रेसमा केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्य‘सुपर डेलिगेट्स’ रहनेव्यवस्था छ ।

नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिबाट हालै पारित विधान१४औं महाधिवेशनसम्म लागु हुने देखिन्छ । अब १४औं महाधिवेशनअगाडि सम्म वर्तमान विधानमा के कस्ता संशोधनहरु आवश्यक हुन सक्छन् भन्ने विषयमा संवाद, छलफल र बहस गर्न सकिन्छ । पार्टीभित्रको महाधिवेशन प्रतिनिधि चयन गर्ने विधि पार्टीअनुसार फरक फरक  हुन सक्छ र सबैको आआफ्नै तरिका पनि हुन सक्छ । यो स्वाभाविक विषय हो । यसमा अनौठो मान्नु पर्दैन । सबै विधिको आआफ्ना गुण अवगुण हुन सक्छन् । विधानमा नै ‘सुपर डेलिगेट्स’ रहने व्यवस्थाको पनि गुण र अवगुण हुन सक्छन् । यसैले यस विषयमा गंभीर, तार्किक, वस्तुगत र तथ्यगत बहस, छलफल र संवाद हुनु आवश्यक हुन सक्छ । नेपाली कांग्रेसको विधानमा अन्य के के विषयमा छलफल गर्नु आवश्यक छ, सो विषयमा पनि गंभीर बहस र छलफल हुन आवश्यक हुन सक्छ ।

माथि उल्लेखित योग्यताअनुुसारको ‘सुपर डेलिगेट्स’ रहने व्यवस्थाविधानमा लागु भएमा हरेक महाधिवेशनको समयमा कम्तीमा २० प्रतिशत नयाँ मानिस केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने संम्भावना बढेर जान्छ । ‘सुपर डेलिगेट्स’ रहने व्यवस्थाविधानमा नरहने र सबैले वडा तहबाट नै क्षेत्रीय अधिवेशन प्रतिनिधिको चुनावमा प्रतिस्पर्धा गरेर आउनुपर्ने व्यवस्थाविधानमा भयो भने प्रत्येक महाधिवेशनमा पुरानै मानिसहरु दोहोरिरहने र नयाँ मानिसले कमैमात्र केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन पाउने संम्भावना रहन सक्छ । यस्तो व्यवस्था भएमा हरेक महाधिवेशनमा मुस्किलले १ जना वा २ जना नयाँ मानिस महाधिवेशन प्रतिनिधि हुने अर्थात् ५ देखि १० प्रतिशतको हाराहारीमा मात्र नयाँअनुहार आउने संम्भावना रहन्छ । यो तीतो यथार्थ हो । सधैँ नयाँ पुस्ताका मानिसले केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन नपाउने र अन्य अवसरहरु प्राप्त गर्ने संम्भावना पनि कम हुने हो भने पार्टी गतिशील हुन सक्तैन र बिस्तारै कमजोर बन्दै जान्छ । पार्टीमा नयालाई अवसर दिने नाममा पार्टीका पुराना नेता–कार्यकर्तालाई पाखा लगाउनु पनि हँुदैन र पुराना नेता–कार्यकर्तालाई अवसर दिने नाममा नयाँलाई ढोका पनि बन्द गर्नु हुँदैन । पार्टीको विधानमा नै ‘सुपर डेलिगेट्स’ रहने व्यवस्था गर्ने हो भने नयाँ र पुराना नेता–कार्यकर्तालाई अवसरको कमी हँुदैन भने दुवैले पार्टीभित्र सम्मानजनक अवसर पाउने सुनिश्चितता रहिरहन सक्छ ।

यसर्थ, ‘पार्टीमा पुराना पुस्तालाई अवसरको सम्मानपूर्वक निरन्तरता, ‘नयाँ पुस्तालाई अवसरको सुनिश्चिताको प्रतिबद्धता’ को भावनाले विधानमा नै ‘सुपर डेलिगेट्स’ रहने व्यवस्था गर्ने हो भने नयाँ र पुराना नेता–कार्यकर्ता सबैले अवसर पाउने संम्भावना रहन सक्छ ।‘सुपर डेलिगेट्स’ को व्यवस्थाले पुराना पुस्ताका अधिकांश नेता कार्यकर्ता प्रायः स्वतः केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन्छन् र एउटा निर्वाचन क्षेत्रबाट कम्तीमा ५ जना अर्थात् २० प्रतिशत नयाँ मानिसको आगमन केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भएमा ८२५ जना नयाँ सदस्य आउँछन् । जनसम्पर्क समिति र भातृ एवं शुभेच्छुक संस्थाहरुलगायत सबैको जोड्ने हो भने करिब नौ सय जनाको हाराहारीमा हरेक महाधिवेशनमा नयाँ मानिसहरु आउन सक्ने सुनिश्चित संम्भावना रहन्छ । यसरी पार्टी निरन्तररुपमा नयाँ र पुरानो नेता–कार्यकर्ताको बुद्धि, विवेक, राजनीतिक संस्कार, अनुशासन, आस्था, त्याग, संघर्ष र कर्मको ऊर्जाशील संगम स्थल हुन सक्छ । 

विधानमा‘सुपर डेलिगेट्स’ को व्यवस्था कसरी गर्ने भन्ने विषयमा माथि लेखिएका धारणाअन्तिम निष्कर्ष नभएर छलफलका लागि सुझावहरु हुन् । यिनमा आवश्यकताअनुसार परिमार्जन गर्न सकिन्छ र यसको संख्या, स्वरुप, काम, कर्तव्य र अधिकार सम्बन्धमाप्रशस्त अध्ययन र गृहकार्य आवश्यक हुन सक्छ । विधानमा नै अझ फराकिलो दायरामा ‘सुपर डेलिगेट्स’ रहने व्यवस्था गर्दा पार्टीलाई गतिशील, सुदृढ र संगठित बनाउँदै लाने कार्यमा सशक्तमद्दत पुग्छ ।

(केन्द्रीय सदस्य, नेपाली कांग्रेस)
 

प्रतिकृया दिनुहोस
ad