site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सचिवालयका नेतालाई प्रधानमन्त्रीको ब्रिफिङ– सफायाको योजना बनाएपछि विप्लवका गतिविधिमाथि प्रतिबन्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहले पार्टीको शीर्ष नेतृत्वकै सफायाको योजना बनाएका गतिविधि नियन्त्रण गर्नुपरेको बिफ्रिङ सचिवालयका नेतालाई गरेका छन् ।

एउटा कम्युनिस्ट पार्टीले अर्को कम्युनिस्ट विचारधारामा आस्था र विश्वास राख्ने समूहको गतिविधिमा अंकुश लगाएको भन्दै पार्टीभित्र असन्तुष्टि झाँगिन थालेपछि शीर्ष नेतालाई बालुवाटार बोलाएर प्रधानमन्त्रीले विध्वंसात्मक गतिविधिदेखि ‘सेबोटेज’ गर्नेसम्मको सुराक मिलेको बताएका हुन् । र, त्यसैको आधारमा विप्लवका गतिविधि नियन्त्रण गरिएको प्रधानमन्त्रीको भनाइ छ ।

बिनाकारण पार्टी एकता लम्बिएको, पार्टीसँग सल्लाह नगरी सीके राउतसँग सम्झौता र विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै बुधबार चार सचिवालय सदस्य पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर असन्तुष्टि राखेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारका निर्णयप्रति पार्टीका नेता नै असन्तुष्ट बन्न थालेपछि प्रधानमन्त्रीले शीर्ष नेतृत्वलाई बालुवाटार बोलाएर विप्लव समूहको प्रतिबन्धबारे समान धारणा बनाउने प्रयास गरेको बालुवाटार स्रोत बताउँछ ।

“विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयप्रति हामी सबैको एउटै मत छ,” बालुवाटार बैठकपछि सचिवालय सदस्य झलनाथ खनालले बाह्रखरीसँग सङ्क्षिप्त कुराकानी गर्दै भने, “उनीहरू अपराधी ग्याङ् हुन् । प्रतिबन्ध लगाउनु जायज छ ।”

Global Ime bank

खनालले विप्लव समूहले नेताहरूको एकपछि अर्को गरी, शृंखलावद्ध हत्या गर्ने भनेर निर्णय नै गरेको भन्दै दृढतापूर्वक अपराध नियन्त्रण गर्नुबाहेक राज्यसँग अरू कुनै विकल्प नभएको बताए । उनले यसअघि नै विप्लवलाई प्रतिबन्ध लगाउनुपर्ने बताउँदै सरकारले ढिला काम गरेको बताए ।

“अपराधी होइनन् भन्ने तर्क गर्न उनीहरूले कुनचाहिँ राम्रो गरेका छन् ? उनीहरूले गरेको कुनचाहिँ कामको जनताले समर्थन गरेका छन् ?,” खनालको प्रश्न थियो ।

खनालले एकाध नेताले पार्टीसँग सल्लाह गरेर निर्णय गरेको भए अपनत्व बोध हुन्थ्यो भन्ने लागेको भए पनि विप्लवका गतिविधिमाथिको नियन्त्रणमा कुनै मतमतान्तर नभएको प्रष्ट पारेका छन् ।

अनुहार जोगाउँदै पूर्व माओवादी केन्द्र

विप्लवको गतिविधिमाथि नियन्त्रण गर्ने सरकारको निर्णयले पूर्व माओवादी केन्द्रलाई अप्ठ्यारो पारेको छ । नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रतिबन्ध समाधान नभएको जिकिर गरेका छन् । “प्रतिबन्ध समाधान होइन, बम पड्काउनु त झन् समाधान हुँदै होइन, संविधानभित्रै मत, जनमत र अभिमतमार्फत समाधन खोजौँ,” जनार्दनको तर्क छ ।

विप्लव समूहमाथिको प्रतिबन्धले पूर्व माओवादी केन्द्रभित्र बिबाद उत्पन्न हुने र सरकारलाई अप्ठ्यारो पार्ने भयले सरकारले सेबोटेजको त्रास देखाएको नेकपाका नेता बताउँछन् । 

बिहीबार पेरिसडाँडामा पार्टी अध्यक्ष प्रचण्डले विप्लव समूहले व्यक्ति हत्याको योजना बनाएको बताउँदै पहिलो नम्बरमा आफैँलाई राखेको बताए । “पछिल्लो चरण मेरो कार्यालयको सचिव भएर बसेका विप्लवहरूले प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ भनेर माइन्युट गरेका छन् रे ! मार्न मान्छे पनि खटाएको कुरा सरकारकातर्फबाट जानकारी गराइयो । मलाई यो सुन्दा दया लागेको छ,” प्रचण्डको भनाइ थियो ।


नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लवमाथि प्रतिवन्ध नलगाइएको र उनीहरूका गतिविधि संविधानले नै निषेध गरेको जिकिर गर्छन् ।

बाह्रखरीसँगको कुराकानीमा श्रेष्ठले प्रश्न गरे– “सरकारले कहाँ भनेको छ, विप्लव समूहमाथि प्रतिबन्ध लगाउने भनेर ? उनीहरूको गतिविधि नियन्त्रण गर्नेमात्रै भनेको हो ।”

उनले संविधान, ऐन, कानुन प्रतिकुल काम गर्न कसैलाई छुट नभएको र सरकारले त्यसको नियन्त्रण गर्ने कुरा बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  २१:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC