सिद्धार्थ बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

सिद्धार्थ बैंक र काठमाडौं क्यान्सर सेन्टरबीच सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौं क्यान्सर सेन्टर, भक्तपुरबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहक तथा ग्राहकका परिवारले बैंकको डेबिट, प्रिपेड र क्रेडिट कार्डमार्फत भुक्तानी गरी हस्पिटलमा स्वास्थ्य सेवा लिँदा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने छ । 

सम्झौतापत्रमा सिद्धार्थ बैंकका सहायक महाप्रबन्धक सुरेश राज महर्जन र काठमाडौं क्यान्सर सेन्टरका निर्देशक सीमीत सापकोटाले हस्ताक्षर गरे ।

यस अन्तर्गत बैंकका ग्राहकले बैंकबाट जारी गरिएको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म र युनो क्रेडिट कार्डवाहकले विशेष १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस