site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
\'विप्लवमाथिको प्रतिबन्धले द्वन्द्व निम्त्याउँछ\'
Sarbottam CementSarbottam Cement

अछाम । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्धले द्वन्द्वलाई बढावा दिने बताएका छन्।
 
अछामको ढकारी गाउँपालिकामा बिहीबार आयोजित आमसभामा नेता लेखकले विप्लव नेतृत्वको नकेपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक निकास नभएको बताए।
  
‘विप्लव समूहमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय राजनीतिक निकास होइन। यो निर्णयले द्वन्द्वलाई बढावा दिन्छ’’ उनले भने।
 
नेता लेखकले शान्तिपूर्ण वार्तामार्फत समस्याको समाधान खोज्न सरकारलाई सुझाव दिए। उनले विप्लव समूहले अंगिकार गरेको हत्या, हिंसा र आतंकको बाटोले पनि मुलुकलाई निकास दिन नसक्ने स्पष्ट पारे।
 
‘‘सरकारले आफ्नो निर्णयमा पुनर्विचार गरी विप्लव समूहलाई वार्ताका लागि आव्हान गर्नुपर्दछ, वार्ताकै माध्यमबाट समाधान खोज्नु पर्दछ,’’ लेखकले भने, ‘‘नेपाली कांग्रेस सदैव हत्या, हिंसा, र आतंककाविरुद्ध रहेको पार्टी हो। हत्या, हिंसा र आतंकको बाटोले पनि मुलुकलाई कदापि निकास दिन सक्दैन।’’

उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार शान्ति, सुरक्षामा पूर्णरुपमा असफल भइसकेको दाबी गरे। ‘‘यो सरकार शान्ति, सुरक्षामा पूर्णरुपले असफल भइसकेको छ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकार नै बलात्कारी र अपराधीको संरक्षणमा लागेको छ,’’ नेता लेखकले भने, ‘‘आठ महिनासम्म पनि निर्मला पन्तका हत्यारा पत्ता नलगाउनुले सरकार अपराधी संरक्षणमा लागेको पुष्टि हुन्छ।’’

उनले पृथकतावादी नेता सिके राउतसँग गरिएको ११ बुँदे सहमति गम्भीर राष्ट्रघात भएको टिप्पणी गरे। कांग्रेस नेता लेखकले सिके राउतसँग भएको सम्झौता बारे सरकारले प्रष्ट पार्नु पर्ने जिकिर गरे।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५  १८:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC