site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालको कुकुर २४ हजार फिटको हिमाल चढेपछि...
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बीबीसी । नेपालको एक भुस्याहा कुकुरले बिना कुनै सहायता आफैँले २४ हजार फिटको हिमाल चढेपछि पर्यटकहरुले आश्चर्य व्यक्त गरेका छन्। त्यहा अवस्थित पर्वतकै नाम ‘मिरा’ दिइएको सो कुकुरले सगरमाथा नजिकको बरुणत्से चढिसकेपछि पनि सहज रुपमा यताउती दौडिएर सबैलाई चकित पारेको हो। 

मिराले अमेरिकाको सिएटलदेखि भ्रमणका लागि आएका वारगोस्कीको पर्वतारोही टोलीसँगै तीन हप्ता हिमाल चढेको हो।
 
यसरी वारगोस्कीसँगै रहेका गाइडहरुले समेत कुकुरले त्यतिको उचाइ पार गरेको कहिल्यै नदेखेको बताएका छन्। वास्तवमा वारगोस्की र उनको टोली बरुणत्सेको आरोहरण गर्दैगर्दा १७ हजार फिट माथिबाट कुकुरले उनीहरुलाई पछ्याउन सुरु गरेको थियो। तर केही समय पछि लागेपनि टुप्पोसम्मै सँगसँगै आउने अपेक्षा नगरेको उनीहरुले बताए।

यसरी हिमालको टुप्पोमा पुग्दा वारगोस्कीले नै त्यसको नाम मिरा राखिदिएका हुन्। जसक्रममा मिरा र वारगोस्की एकअर्काका प्रिय भएका हुन्। त्यसबीच रातिको समयमा तातो रहन मिरा वारगोस्कीकै टेन्टमा बसेको हो।
 
यसरी सबै मिराको आरोहण क्षमताबाट खुब प्रभावित भएका हुन्। जसलाई यात्राको अन्त्यमा मात्र थोरै सहायता आवश्यक परेको थियो। अनुभवी आरोहणकर्ताहरुले समेत आफूहरुलाई कुकुरले हिमालको टुप्पोसम्म पुगेको कहिल्यै थाहा नभएको बताएका छन्। तर मिराले भने फर्किँदा समेत टोलीको साथ नछाडेको बताइएको छ। यसरी यात्रा पूरा गरि सुरक्षित रुपमा फर्किसकेपछि मिरालाई भ्रमणका बेस क्याम्प व्यवस्थापकले अपनाउने निर्णय गरेका हुन्। 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC