site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
पार्टी एकीकरण सम्भव तुल्याउने नेता थिए रवीन्द्र
Sarbottam CementSarbottam Cement

२०४६ सालताका हुनुपर्छ, त्यतिबेला म सरस्वती क्याम्पसमा अध्ययन गर्थें । उपत्यकाका दिनहुँ आन्दोलन हुन्थ्यो । नेताहरू भूमिगत भएकाले सम्पर्क कम हुन्थ्यो । आन्दोलनको नेतृत्व आफैँले गर्नुपर्ने । कतिबेला पक्राउ परिने कुनै टुंगो थिएन । देशको राजधानी भएकाले उपत्यकाको आन्दोलन उठाउन निकै कठिन थियो । आन्दोलनको अगुवाइ गरिरहेका विद्यार्थी नेता प्रशासनको निगरानीमा परिसकेको जतिबेलै गिरफ्तार हुने भएकाले योजना भूमिगत रूपमै बनाउनुपथ्र्यो ।

२०४६ सालको आन्दोलनकै दौरानमा हुनुपर्छ, अनेरास्ववियुभित्र रवीन्द्र अधिकारीको विशेष चर्चा हुने गथ्र्यो ।

उहाँको राजनीतिक लगाव, निष्ठा र कर्तव्यपरायणताले समवयीलाई उछिनेको थियो । २०४५ सालमा कास्की जिल्लाका अध्यक्ष भएकाले विद्यार्थीका तर्फबाट जनआन्दोलनको अगुवाइ गर्ने रवीन्द्र अधिकारी नै हुनुहुन्थ्यो । र, चर्चा काठमाडौंसम्म आइपुगेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

२०४९ सालमा एघारौँ राष्ट्रिय सम्मेलन पोखरामा आयोजना भएको थियो । सम्मेलन आयोजक कमिटीको सदस्य भएकाले महाधिवेशन मूल व्यवस्थापन कमिटीको संयोजक रवीन्द्र अधिकारी हुनुहुन्थ्यो ।

२०४९ पछिका दिनहरूमा उहाँको राजनीतिक छवि, उदीयमान व्यक्तित्वसँग क्रमशः चिनापर्ची हुँदैगयो । २०५३ सालमा विराटनगरमा सम्पन्न तेह्रौं राष्ट्रिय सम्मेलनसम्म आइपुग्दा संगठनका नेताका रूपमा होइन, अनन्य मित्रका रूपमा सम्बन्ध झाँगियो ।

Global Ime bank

० ० ०
२०५४ साल । नेपालगञ्ज महाधिवेशनबाट भर्खर फर्किएर आएका थियौँ । बागबजारमा रवीन्द्र अधिकारी भेटिनुभयो । सधैँ हाँसिरहने व्यक्तित्व निकै उदास, गम्भीर, शोकमग्न देखेँ । के भयो होला भन्ठान्दै थिएँ । उहाँ आफैँले भन्नुभयो, “अन्ततः पार्टी विभाजन हुने भयो, सक्दासम्म पार्टी विभाजन गर्न नपाए हुन्थ्यो । विभाजनले आन्दोलनलाई छिन्नभिन्न बनाउँछ । विपक्षीहरूलाई मात्रै फाइदा पुग्छ ।”

मैले बुझेसम्म रवीन्द्र अधिकारी अन्तिमसम्म विभाजनको विपक्षमा उभिनुभयो । फुटलाई सकेसम्म टार्ने र पन्छाउने कोसिस गर्नुभयो । तर, तत्कालीन संस्थापन पक्ष निकै असहिष्णु बन्दै गएको आभाष हुन थालेपछि अन्ततः अलग भयौँ हामी ।

मालेकालीन विद्यार्थी आन्दोलन नै अनेरास्ववियुको आन्दोलनको स्मरणीय काल हो । अहिले विद्यार्थी आन्दोलनको जति पनि चर्चा हुन्छ, विचार–विमर्श गरिन्छ । त्यही योगेश भट्टराई–रवीन्द्र अधिकारी अध्यक्ष भएको कालखण्डमा अनेरास्ववियूले सञ्चालन गरेको आन्दोलनको उपलब्धिको जगमा टेकेर गरिन्छ ।

मुद्दाहरूको पहिचान गर्ने क्षमता बडो बेजोड थियो रवीन्द्र अधिकारीको । म त अझ तिलस्मी नै भन्न रुचाउँछु ।

तीक्ष्ण बुद्धि र तीव्र चेतका कारण विद्यार्थीको मनोदशा पहिल्याउने तागत उहाँमा अतुलनीय थियो । आन्दोलनको उठान गर्दा त्यसको प्रभाव अध्ययन गर्ने, विश्लेषण गर्ने विशिष्ट क्षमता थियो उहाँको । त्यसैले उहाँको नेतृत्वमा भएका अधिकांश आन्दोलन सफलताको विन्दूमा पुगेर टुँगिए ।

जुन विमतिको चिरा बढ्दै गएर पार्टी अलग्गिएको थियो । त्यसलाई आन्दोलन र विद्यार्थी परिचालनमार्फत पुष्टि गर्नुपर्ने थियो । अनेरास्ववियूको जीवनमा मुख्य चुनौती पनि यही थियो । रवीन्द्र अधिकारीको अर्थपूर्ण अगुवाइ र परिणामदायी आन्दोलनले पार्टी विभाजनको ‘जस्टिफाइ’ पनि ग¥यो ।

० ० ०
विद्यार्थी आन्दोलनको इमान्दार नेतृत्व हुनुहुन्थ्यो रवीन्द्र अधिकारी । उहाँमा लोभ, क्षोभ, निन्दा, भत्र्सना केही पनि थिएन । विलकुल मुक्त । उहाँको नेतृत्वताका अनेरास्ववियू राष्ट्रियता र देशभक्तिको मियो बनेकाले जबरजस्ती आकर्षणको केन्द्र बनेको थियो । स्थापनाको छोटो समयमा देशभरी जागरणको आँधीबेहरी सिर्जना गर्न सफल भएको हो । अधिकारीको सम्झौताहीन सङ्घर्ष र निष्कलंक छविका कारण अनेरास्ववियू र विद्यार्थी आन्दोलन पर्याय बनिसकेको थियो तर त्यसलाई स्थापित गर्न सकेनौँ । र, सिंहावलोकन गर्ने निष्कर्षमा पुग्यौँ ।

विभाजनको चार वर्ष भएको थियो । हामीले आफ्नो वस्तुगत मूल्याङ्कन गर्‍यौँ । प्रतिस्पर्धी अनेरास्ववियुको विकासक्रमलाई पनि अध्ययन गर्‍यौँ । अनेरास्ववियु (एमाले निकट विद्यार्थी संगठन)ले चार वर्षे कालखण्डमा आफूलाई केही विकास गर्न सकेको थिएन । हामीभित्रको आकर्षण पनि चुहिँदै अन्यत्र जाने खतरा बढ्दै थियो ।

रवीन्द्र अधिकारी अध्यक्ष र म महासचिव थियौँ । ०५७ सालको पुछारतिर हामीले निष्कर्ष निकाल्यौँ– “यो आन्दोलन यही अवस्था रहिरहने हो सिंगो वामआन्दोलनलाई असर गर्छ । अब हामी कुनै पनि मूल्य चुकाएर पार्टी नेतृत्वलाई एकताका लागि झक्झक्याऔँ ।”
त्यतिबेला पार्टीभित्र अनेरास्ववियूको भूमिका विशाल थियो । अनेरास्ववियूले जे भन्थ्यो, पार्टी त्यतै डोहोरिने अवस्था थियो । विरोध गर्दा पार्टी नेतृत्व हच्कन्थ्यो ।

तत्कालीन पार्टी महासचिव वामदेव गौतमलाई कुपन्डोलस्थित पार्टी कार्यालयमा भेट्यौँ । र, भन्यौँ, “यही अवस्थामा पार्टी आन्दोलन अघि बढाउन सकिँदैन । एकता गरेर अघि बढौँ ।”

वामदेव धेरैबेर घोत्लिनुभयो ।

२०५६ को आम निर्वाचनको परिणाम र पार्टी कार्यकर्ताको मनोदशाले पार्टी नेतृत्वले पनि आफूलाई पुनर्विचार गर्नुपर्ने तहमा पुगेको थियो ।

अनेरास्ववियूको प्रस्तावले पार्टी नेतृत्वमा अलग्गै तरंग उत्पन्न गरेको थियो । फास्ट ट्र्याकबाट माले–एमालेबीच सम्वाद शुरू भयो । २०५८ मा पार्टी एकता सम्भव भयो ।

अनेरास्ववियू, मूलतः अनेरास्ववियूकै पहलमा पार्टी एकता सम्भव भयो । तर, अनेरास्ववियूको मूल नेतृत्वले हार्दिकता देखाउन सकेन । अनेरास्ववियूको दृष्टिकोण थियो– रवीन्द्र अधिकारीलाई एकीकृत अनेरास्ववियूको अध्यक्ष बनाउने उपाध्यक्ष, महासचिवलगायतको नेतृत्व बिदा भएर भूगोलमा गएर काम गर्ने ।

त्यो प्रयास सम्भव हुन सकेन । अन्तिममा रवीन्द्र अधिकारी एकताले मूर्तता पाउँछ भने मै नेतृत्वबाट बिदा लिन्छु भन्ने तहमा पुग्नुभयो ।

पार्टी एकताको कोर्षलाई सहज ढंगले टुंग्याउन अध्यक्ष, महासचिव दुवै अनेरास्ववियूबाट बिदा हुन राजी भयौँ । यसरी हेर्दा रवीन्द्र अधिकारी कर्तव्यनिष्ठका अतिरिक्त त्यागको भावनाले पनि ओतप्रोत हुनुहुन्थ्यो भन्न सकिन्छ । पार्टीभित्र रवीन्द्र अधिकारीलाई कुनै नेता विशेषसँग छन् भनेर किनाराकृत गरिने र उहाँको राष्ट्रिय व्यक्तित्वलाई, छविलाई ओझेल पार्ने कोशिस नभएको होइन । तथापि विद्यार्थी आन्दोलनको अगुवाइ गर्दा होस् या पार्टी आन्दोलनको निर्माणमा उहाँको भूमिका राष्ट्रियरूपमै उद्घाटित थियो । कुनै अमुक नेतासँग निकटस्थका आधारमा होइन ।

व्यक्तिगत स्वार्थ, कुण्ठा, द्ेवषको भावनाभन्दा माथि उठेर मुलुकको विकासका लागि समर्पित गर्नुभएका अधिकारी आज हामीमाझ हुनुहुन्न । तर, पार्टी, देश विकासका लागि उहाँले देखाउनु भएको फराकिलो बाटोले समृद्धिको गन्तव्यमा अवश्यक पु¥याउने छ ।
(स्व. अधिकारीको तेह्रौँ पूण्यतिथिका अवसरमा अक्षर काकासँगको कुराकानीमा आधारित)

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५  ०९:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC