site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘नेपाल लोक स्टार’को अडिसन आज वुटवलमा 
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिङगिङ रियालिटी शो ‘नेपाल लोकस्टार’को प्रि–असडिसन आज प्रदेश नं.५ मा हुँदैछ । प्रदेश नम्बर ५ का जिल्लालाई समेट्ने उदेश्यले आज वुटवलको (एभरेष्ट सेकेण्डरी स्कुल)मा प्रि–अडिसन हुन लागेको हो । 

वुटवल अडिसनमा पनि उत्साहजनक सहभागिता हुने अपेक्षा रहेको आयोजक चहाना मिडियाका अध्यक्ष सहदेव कोइरालाले बताए । 

‘नेपाल लोक स्टार’ले यस अगडि प्रेदेश नम्बर ६ को सुर्खेतमा र प्रदेश नं. ७ को कैलालीमा अडिसन सम्पन्न गरिसकेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

दुई जना म्युजिक टिचर १ जना स्थानीय लोक कला संस्कृतिसँग सम्बन्धीत व्यक्तिले प्रि–अडिसनमा आएकारुको मूल्यांकन गरेर अडिसनका लागि छनोट गर्दै आएका छन्  । ‘नेपाल लोकस्टार’को निर्णायकमा जयनन्द लामा, सुनिता दुलाल, रामजी खाँड र बिबि अनुरागी छन् ।

७ वटै प्रदेशमा हुने अडिसनबाट ३२०–४०० जना प्रतिस्पर्धीलाई काठमाडौं बोलाइने अध्यक्ष कोइरालाको भनाइ छ ।  

Global Ime bank

प्रदेश नं. ४ को पोखरा (जनप्रिय उच्च माध्यामिक विद्यालय)मा चैत २ गते, प्रदेश नं. १ को इटहरी (पिस जोन हाइयर सेकेण्डरी स्कुल)मा चैत ११ गते, प्रदेश नं. २ को जनकपुर (आरआरएम क्याम्पस)मा र प्रदेश नं. ३ को काठमाडौं (इङ्लिस प्रिपरेटोरी स्कुल)मा चैत २३ गते प्रि–अडिसन हुनेछ । डिजिटल अडिसन भने पुस १ गतेबाट सुरु भएको थियो ।  

‘नेपाल लोक स्टार’ जेठको अन्तिम अथवा असारको पहिलो सातादेखि टेलिभिजनमा प्रशारण हुनेछ । 

‘नेपाल लोक स्टार’को मोवाइल एपबाट पनि अडिसन दिने व्यवस्था मिलाइएको छ । यसका लागि आयोजकले प्रदेश प्रदेशमा फर्म पठाइसकेको छ । देशभरका ९३ वटा एफएम स्टेशनबाट फर्म पाइने कोइरालाले जानकारी दिए । 

अडिसनका लागि सहभागीले एक हजार रुपैयाँ शुल्क तिर्नु पर्नेछ । “लोक गीत गाउन सक्ने तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई पनि हामी अवसरबाट बञ्चित गराउँदैनौँ,” कोइराला भन्छन्, “गाउँपालिकाबाट आर्थिक विपन्न भएको प्रमाण जुट्ने कागज ल्याएको अवस्थामा निःशुल्क सहभागी गराउने छौँ ।”

काठमाडौंमा हुने मेगा अडिसनबाट ७०–११० जना प्रतिस्पर्धीलाई छनोट गरिने छ । मेगा अडिसन काठमाडौंमा हुनेछ । मेगा अडिसनमा चार जना निर्णायकसँगै थप एक जना अतिथी निर्णायक पनि बस्ने छन् । 

३० वटा श्रृंखला प्रशारण हुने कार्यक्रम एपीवान एचडी टेलिभिजनबाट प्रशारण हुनेछ । ३१ औं श्रृखंला फाइन हुनेछ । 

प्रतिस्पर्धी छनोटको अधिकार उत्कृष्ठ ५० सम्म निर्णायकको हात रहनेछ भने ५० देखि ३० सम्म ८० प्रतिशत निर्णायकमा र २० प्रतिशत दर्शकको भोटमा रहनेछ । ३० बाट २० सम्म ६० प्रतिशत निर्णायक र ४० प्रतिशत भोटिङमा अधिकार रहने छ । 

२० बाट १० सम्म ५०/५० प्रतिशत निर्णायक र दर्शकको भोटिङमा अधिकार रहनेछ भने १० बाट फाइनलसम्म सम्पूर्ण अधिकार दर्शकको भोटमा रहने छ ।

विजेताले करसहित नगद रु ५० लाख रुपैयाँ पाउने छन् । आयोजकका अनुसार दोस्रो हुनेलाई २५ लाख (करसहित) र तेस्रो हुनेलाई १० लाख रुपैयाँ (करसहित) पुरस्कार प्रदान गरिने छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन २५, २०७५  ०८:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC