राजनीति
काठमाडौं । झापा विद्रोहका सहिदहरुको सम्झनामा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार भिडियो सन्देश दिँदै उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
उनले सन्देशमा जेल सार्ने बहानामा रामनाथ दाहाल,नेत्र घिमीरे, बीरेन राजबंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठसमेत ५ जनालाई गोली हानी हत्या गरिएको जनाउँदै त्यतिबेला युवाहरुमा जुन आकांक्षा र आकर्षण आन्दोलनप्रति थियो त्यसलाई समाप्त गर्न उनीहरुलाई तत्कालीन शासकले मारेको जनाएका छन् ।
२०२९ साल फागनु २१ गते सुखानीमा हत्या भएको थियो । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले पनि ट्विट गर्दै झापा आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली दिएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५ ०९:२३
प्रतिक्रिया दिनुहोस्