अर्थ व्यवसाय
काठमाडौं । माछापुच्छ्रे बैंकले पशुपति क्षेत्र विकास कोषलाई जुत्ताचप्पल कक्ष हस्तान्तरण गरेको छ । बैंकले पशुपतिनाथको दर्शनार्थ आउने दर्शनार्थीहरुको सुविधाको लागि जुत्ता–चप्पल कक्ष एवं सर्वसाधारणको प्रयोगमा आउने धारा निर्माण गरी कोषलाई हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त कक्षको साँचो कोषका सदस्य सचिव डा. प्रदीप ढकाललाई हस्तान्तरण गरे । उक्त कक्ष सञ्चालनमा आए पश्चात तिर्थालुजनहरुले आफ्नो जुत्ता–चप्पल लकर कक्षमा सुरक्षित रुपमा राख्न सक्नेछन् । साथै, सोही परिसरमा दर्शनार्थीहरुको बस्न मिल्ने व्यवस्था लागि बेन्चसमेत राखिएको बैंकले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५ १७:३०
प्रतिक्रिया दिनुहोस्