काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ‘सिटिजन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा’ नामक नयाँ योजना नेपालीमाझ प्रस्तुत गरेको छ। काठमाडौंमा सम्पन्न एक कार्यक्रममार्फत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त योजना सार्वजनिक गरेका हुन्।
बीमितको भावी योजनालाई सार्थक बनाउनको लागि यस बीमा योजनाले बीमा अवधिभर जोखिम बहन गर्नुका साथै भैपरी आउने समस्यामा सरल तरिकाबाट आर्थिक सुरक्षामा टेवा पुर्याउने उद्देश्यले वार्षिक रुपमा बीमांकको ५ प्रतिशत रकम बीमितलाई भुक्तानी गर्ने व्यवस्था गरेको छ।
यस विशेषताले ग्राहकहरुलाई बीमा योजनाअनुसारको आफ्नो बीमा शुल्क भुक्तानीको भार व्यवस्थापन गर्न समेत अझ सरल र सहज गराउने छ। साथै कम्पनीले ग्राहकहरुको सुविधाको लागि डिजिटल प्रस्ताव फारमको समेत सुभारम्भ गरेको छ।