site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
भिडियोमार्फत धुर्मुसले गरे रंगशाला निर्माणकालागि सहयोगको अपिल
Sarbottam CementSarbottam Cement

काठमाडौं । भरतपुरको चितवनमा निर्माण घोषणा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत आर्थिक सहयोग गर्न सकिने भएको छ । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल(धुर्मुस) ले भिडियो सन्देश सार्वजनिक गर्दै देश विदेशबाट ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न सकिने बताएका हुन् ।

अघिल्लो महिना औपचारिक रुपमा निर्माण घोषणा गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नेपाली मौलिक शैलीमा निर्माण हुने जनाइएको छ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक संकलन गरिरहेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रङ्गशाला निर्माणका लापग लापग अहिले फिल्डको काम सुरु भइसकेको छ । फाउण्डेशनले कर्मचारीहरुको आवास र सञ्चालनका लागि चिवनको रामपुरमा शाखा कार्यालयसमेत संचालन गरिसकेको छ  ।

रंगशाला निर्माणका लागि ३ अर्ब लागत अनुमान गरिएको छ । फाउन्डेशनका अनुसार रङ्गशालामा क्रिकेट मात्र नभई नेपालमा खेलिने महत्वपूर्ण खेलहरुसमेत यसमा खेल्न सकिनेछ । यो परियोजना सिलान्यास गरिएको २ वर्षमा सम्पन्न गर्ने फाउन्डेशनको लक्ष्य छ ।

Global Ime bank

भिडियोमा धुर्मुसले रङ्गशाला निर्माण घोषणा पछि आएका प्रतिकृयालाई आफूलाई उत्साही बनाएको बताउँदै केही प्रश्न पनि उठेको बताएका छन् । “कतिले यो त सरकारले गर्ने काम हो भनेर हामीलाई प्रश्न गरिरहनु भएको छ । तर कतिञ्जेल सरकारको मुख ताक्ने । अब नागरिक पनि तातिने बेला भएको छ । कतिञ्जेल अझै पनि नेपाली विदेशी भूमीमा गएर पसिना बगाउने,” उनले विकासका लागि सरकारको मात्रै मुख ताकेर नहुने भन्दै भनेका छन्,“आशाको दियो बालौं भनेर आफ्नै पहलमा यो परियोजना सुरु गरेका हौं । केहीले यो सामाजिक काम होइन भन्नु भएको छ । तर हामीले सामाजिक कामकै मोडालिटी भित्र राखेर रङ्गशाला निर्माण गर्न लागिएको हो ।”

उनले उमेर छँदै राष्ट्रका लागि काम गर्नुपर्ने बताएका छन् । देश भ्रष्टाचारमा लिप्त भएकाले सामाजिक काम गर्ने उदेश्यले रङ्गशाला निर्माण गर्न लागिएको स्पष्ट पारेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई खेलको हब बनाउने उनले बताएका छन् । धुर्मुसले भिडियोमा फजुल खर्च गरेर सकिने पैसा रङ्गशाला निर्माण सहयोग गर्न पनि उनले आग्रह गरेका छन् ।   

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५  १५:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !