site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीको टिप्पणी– पशुपतिले लुटेर खा भने
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुखको तीतो पोख्न छाडेका छैनन् । सरकार सञ्चालनको वर्ष दिन पूरा भएको सन्दर्भमा बोल्दै प्रमुख प्रतिपक्षी र बुद्धिजीबीप्रति खनिएका प्रधानमन्त्री ओली बुधबार सुदूरपश्चिम प्रदेशलाई सम्बोधन गर्ने क्रममा लोक गायक पशुपति शर्माप्रति खनिए । 

उनले लोकगायक पशुपति शर्माले जनतालाई लुटेर खान आकर्षित गर्ने भएकाले जनताले मन नपरेर युट्युबबाट हटाउन लागेको दलिल पेस गरे । “हामी नचाहिने कुरामा रमाउँछौं । नचाहिने कुरामा उत्ताउलिन्छौँ । नचाहिने कुरालाई प्रोत्साहित गर्छौं । एउटाले भुलचुकले एउटा गीत बनाए अरे ! खै कता हो मैले सुनेँ– लुट्–लुट् ! गरिखाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा, लुट भनेर । कसैले गीत गाएर यसो बनायो होला । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि उनले युट्युबबाट हटाए अरे,” उनको कटाक्ष थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तर, पशुपति शर्माको गीत जनताले नभई युवा संघका कार्यकर्ताले बन्द गराउन लगाएका थिए । युवा संघका उपाध्यक्ष किरण पौडेलले सामाजिक सञ्जालबाटै गीत बहिस्कार गर्न आह्वान गरेका थिए ।

उनले भनेका थिए, “ पशुपति शर्माका कार्यक्रमहरू आ–आफ्नो ठाउँमा सशक्त बहिस्कार गर्न, गराउनु हुन सम्पूर्ण युवा साथीहरूमा हार्दिक अपिल गर्छु । उनको राजनीतिक झुकाव र चरित्रको विषय सबै प्रष्ट नै छन् । तर, एक व्यावसायिक कलाकारको प्रस्तुतिमा योजनाबद्ध हिसाबले कम्युनिस्ट पार्टीलाई खुइल्याउँदै कंग्रेसको पक्षपोषण गरेको देखिन्छ ।”

Global Ime bank

हेर्नुहोस् प्रधानमन्त्रीको टिप्पणी

हामी नचाहिने कुरामा रमाउँछौं । नचाहिने कुरामा उत्ताउलिन्छौँ । नचाहिने कुरालाई प्रोत्साहित गर्छौं । एउटाले भुलचुकले एउटा गीत बनाए अरे । खै कता हो मैले सुनेँ– लुट्लुट् ! गरिखाएर केही काम लाग्दैन । लुटेर खा भाइ लुटेर खा, लुट भनेर । कसैले गीत गाएर यसो बनायो होला । जनताले मन पराएनन् तिम्रो गीत भनेपछि उनले युट्युबबाट हटाए अरे ।
 

अर्को सांसदले त्यस्तो राम्रो महान गीत, लुटेर खान सिकाउने कुराजस्तो गतिलो, नेपालीलाई सुहाउने किन हटाएको युट्युबबाट, राख्नुपर्छ, हाम्रो त बाटै त्यही हो, २५ हजार त्यस गीतवापत पुरस्कार दिन्छु भनेर ।
 

अचम्म लाग्यो– कता जाँदैछौँ हामी ? उनले भावनामा बगेर एकछिन एउटा गीत लेखे । युट्युबमा पनि हाले । तर, सबैले राम्रो गरेनौ भाइ भनेपछि हटाए । सिध्धियो नि कुरो । सरकारले केही भनेको छैन । सरकारले किन केही भन्नुपर्छ ?
सरकार यत्ति भन्छ– सुबाटोमा हिँडौँ ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC