site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
किन लुकायो अमेरिकामा रहेको नेपाली दूतावासले आफ्नै देशको क्षेत्रफल ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अमेरिका स्थित नेपाली दूतावासले आफ्नो वेबसाइटमा नेपालका बारेमा भन्ने शीर्षकमा अंग्रेजी भाषामा राखेको विवरणमा नेपालको क्षेत्रफल करिब १ लाख ४७ हजार वर्ग किमी भनेर राखेकोमा सामाजिक सञ्जालमा आपत्ति जनाएको पाइएको छ ।  नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किमी हो । तर, वेबसाइटमा १८१ किमी लुकाएको पाइएको छ । यो समाचार तयार पार्दा सम्मपनि वाशिङटनस्थित नेपाली दूतावासले सो विवरण यथावत नै राखेको देखिन्थ्यो । 

ग्रेटर नेपाल अभियानका अभियन्ता फणिन्द्र नेपालले बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘‘अमेरिकाको वाशिङ्टटन डीसी स्थित नेपालको राजदूतावासले आफ्नो वेब पृष्ठमा नेपालको क्षेत्रफल एप्रोक्सीमेटली १४७००० वर्ग किलोमिटर लेखेको पाइयो । एप्रोक्सीमेट्लीको अर्थ लगभग वा अनुमानित वा पुगनपुग भन्ने हो जस्तो लाग्छ । अमेरिकामा यसको अर्थ ठ्याक्कै लाग्छ भने त्यो मलाई जानकारी भएन । नेपालको सरकारी तथ्यांकअनुसार सुगौली सन्धीलाई मानेसम्म मेचीदेखि महाकालीसम्मको हाम्रो देशको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर हो । यो त बालबालिकालाई पनि थाहा हुने कुरा हो । तर हाम्रै राजदूतावासले नेपालको कूल क्षेत्रफलबाट १८१ वर्ग किलोमिटर घटाएर विश्वलाई सूचित गरेको रहेछ । किन होला ? यो त समवेदनाको ठाउँमा शुभकामना लेखेभन्दा पनि बढ्ता भएन र !’’
उनले अगाडि लेखेका छन्,‘‘कुन आधारमा नेपालको क्षेत्रफल घटेको हो , परराष्ट्र मन्त्रालय र नापी विभागसँग सोध्ने अनुमति चाहन्छु ।’’ बाह्रखरीले यसबारेमा दूतावाससँग जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  ०८:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC