site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गेलले एकदिवसीय अन्तर्राष्ट्रियबाट सन्यास लिने 
Sarbottam CementSarbottam Cement

एजेन्सी । वेष्ट इन्डिजका क्रिकेटर क्रिस गेलले विश्वकपपछि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका ३९ वर्षिय गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि एकदिवसीयबाट विदा हुने घोषणा गरेका हुन् । 

भारतविरुद्ध एकदिवसीय क्रिकेटबाट डेब्यु गरेका बायाँ हाते ब्याट्सम्यान गेलले एकदिवसीय क्रिकेटमा ९ हजार सात सय २७ रन बनाएका छन् । गेल वेष्ट इन्डिजका लागि धेरै रन बनाउने दोस्रो खेलाडी हुन् । सन् १९९९ मा भारतविरुद्धको खेलबाट राष्ट्रिय टिममा डेब्यु गरेका गेल २ सय ८४ खेलमा सहभागि भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

युवा खेलाडीलाई टिममा मौका दिने सोचका साथ सन्यासको योजना बनाएको गेलले बताएका छन् । उनले एकदिवसीय क्रिकेटमा दुई सय १५ रनको उच्च स्कोर बनाएका छन् भने २३ शतक बनाएका छन् । 


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ६, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC