site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
निसानको नयाँ किक्स गाडी अब नेपालमा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालका लागि निशान मोटर्सद्वारा उत्पादित गाडीहरुको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट गाडी किक्स फागुन ५ गतेदेखि बजारमा ल्याएको छ ।  किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने कम्पनीले जनाएको छ । यसको फराकिलो भित्री भाग र स्टाइलिष्ट (आकर्षक) बाहिरी भागले ग्राहकहरुलाई आकर्षित गर्नेछ । 

अति राम्रा विशेषतासहित सुरक्षाको हिसावले अब्बल मानिएको किक्स गाडी नेपाली बजारमा ईन्ट्री लेभलको रु. ४७ लाख ९९ हजारमा र टप लेभलको रु. ५९ लाख ९९ हजारमा पाइनेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसका अन्य कतिपय विशेषता छन्, जसमा ८ इन्चको टचस्क्रिन जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल, भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीए सहितको एबीएस समावेश गरिएको छ ।

यो एसयुभी गाडी डिजेल ईन्जिनमा एक्स एल, एक्सभी, एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल ईन्जिनमा एक्सएल र एक्सभी गरी दुईप्रकारका रहेका छन् ।  यसैगरी नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी जम्मा ७ प्रकारका विभिन्न कलरमा पाइनेछन् । 

Global Ime bank

बिक्री प्रारम्भ गरिएको समारोहमा, पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारदाले विश्वस्तरीय नयाँ सवारी साधन नेपाली उपभोक्तासँग ल्याउन सकेकोमा खुसी व्यक्त गरे । यसको स्टाइलिस डिजाइनले यसको क्षमता र ड्राइभिङ्ग डाइनामिक्सलाई परिपूरकको काम गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC