site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संविधान संशोधनको आशमा सरकारलाई समर्थन गरिरहेका छौंः कर्ण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता एवम् संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले ओली सरकारको एक वर्षे कार्यकाल पूर्ण रुपमा असफल भएको दाबी गरेका छन् । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “केवल भाषण गर्दैमा देश बन्दैन । देश बनाउनको लागि त विकास गर्नुपर्छ । समृद्धि ल्याउनको लागि काम गर्नुपर्छ । अहिले मुलुकको आर्थिक अवस्था डामाडोल छ ।”
कर्णले वर्तमान सरकारको एक वर्षे कार्यकालमा कोही पनि जनता सन्तुष्ट नभएको टिप्पणी गरे । उनले भने, “यो एक वर्षमा विकास निर्माण, सुशासन, सदाचार र नियुक्ति प्रक्रिया केही पनि राम्रो काम भएको छैन ।” राजपाको दृष्टिकोणमा वर्तमान सरकार कतैपनि सफल नभएको उनले जिकिर गरे । 
विदेश नीतिमा पनि सरकार फेल भएको उनको तर्क छ । यद्यपि उनले आफूहरुले संविधान संशोधनको आशमा यो सरकारलाई समर्थन गरेको स्पष्ट पारे । उनले भने, “तर हामी अहिले संसदमा विपक्षको बेन्चमा बसेका छौं । त्यसैले अब राजपाले कहिले समर्थन फिर्ता लिन्छ भनेर उधुम मच्याइ रहनुपर्दैन ।”
प्रधानमन्त्री ओलीले आफूहरुलाई पटक–पटक संविधान संशोधन गर्छु भनेर आश्वासन दिएकोले पनि समर्थन जारी राखेको कर्णले स्पष्ट पारे । फरक प्रसंगमा उनले भ्रष्टाचार निवारण गर्ने निकायका व्यक्ति नै भ्रष्टाचारमा मुछिएको सुनाउँदै यो समस्यालाई गम्भिर रुपमा लिनुपर्ने बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १६:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC