site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राजीनामा दिएका पाठकलाई तत्काल कारबाही गर्नुपर्छः पूर्वमन्त्री तामाङ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचारमा मुछिएर राजीनामा दिएका अख्तियार दुरुपयोग अनुशन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई तत्काल कारबाही प्रक्रिया अघि बढाउनुपर्ने बताएका छन् । 
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता तामाङले भने, “यो प्रकरणमा तत्काल पाठकलाई कारबाही होस् भनेर आवाज उठेको छ । जनताले भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही होस् र छिटो एक्शन लिनुपर्छ भनेर उठाएको आवाज जायज छ । म पनि त्यही भन्छु । सरकारले यस सम्बन्धमा छानबिन गरेर कारबाहीको प्रक्रिया अघि बढाउँछ ।” 
उनले नेपालमा भ्रष्टाचार बढ्नुको मुख्य कारण नै ऐन तथा कानुन दोषी भएको स्पष्ट पारे । उनले भने, “अहिले भ्रष्टाचारको विषय चर्चामा छ । भष्टाचार बढ्नुको मुख्य कारण भनेको नै हामीले बनाएका कानुनहरु दोषी हुन् । अर्को भनेको नैतिकताको ह्रास हो। यी दुवै कुरालाई सच्याउनुपर्छ ।” 
तामाङले समाजका हरेक व्यक्तिले आफूलाई नैतिक आदर्श बनाउनुपर्नेमा जोड दिए । उनले भने, “भ्रष्टाचारीलाई कारबाही गर्नुपर्छ । उन्मुक्ति दिनुहुँदैन । तर भ्रष्टाचारीलाई कारबाही गर्न विद्यमान ऐन तथा कानुन पर्याप्त छैन । अहिले कानुनमा व्यवस्था भएको सजाय पर्याप्त छैन ।”
फरक प्रसंगमा उनले सरकारको एक वर्षे कार्यकाल सफल भएको दाबी गरे । उनले सरकारले अघि बढाएका राम्रा कामहरु जनतासामु पार्टीले पुर्याउन नसकेको बताए । उनले भने, “पार्टीको सांगठनिक एकताका काम अघि बढाउन नसक्दा सरकारले अघि बढाएका राम्रा कामहरुको प्रचार भएको छैन । जनतासामु सरकारका कामहरु पुर्याउन सकिएको छैन ।”
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ५, २०७५  १६:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC