निर्माण क्षेत्रका समस्या सम्बोधन गर्न माग

काठमाडौं । दुई तिहाइको सरकार बनेको एकवर्ष वितिसक्दा समेत निर्माण क्षेत्रको समस्या सम्बोधन नभएकामा निर्माण व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । 

नेपाल निर्माण व्यवसायी महासङ्घ अन्तर्गतको एशोसिएट सदस्य समन्वय कार्यसमितिको नवौँ राष्ट्रिय भेलामा सहभागी व्यवसायीले निर्माण क्षेत्रमा निरन्तर चुनौती थपिँदै गएको विश्लेषण गरे । 

काभ्रेको धुलिखेलमा भएको सो कार्यक्रममा महासङ्घका मानार्थ सदस्यसमेत रहेका सांसद जीपछिरिङ लामा शेर्पाले व्यवसायीका लागि प्रतिकूल अवस्था सिर्जना भएकाले सबै चनाखो हुनुपर्ने धारणा राखे ।  

महासङ्घका अध्यक्ष रवि सिंहले देशभरका निर्माण व्यवसायी एक भएमा जस्तोसुकै चुनौती पार लगाउन सकिने बताए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव गोपाल सिग्देलले मुलुकको निर्माणमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका हुने भएकाले व्यवसायसँग सम्बन्धी ऐन, नियम परिमार्जन गर्न लागिएको जानकारी दिए । कार्यक्रममा महासङ्घको २०औँ साधारणसभा तथा ११औं अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको थियो । रासस

प्रतिकृया दिनुहोस
ad