site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१२ प्रहरी उपरिक्षकको काज सरुवा, कञ्चनपुरको जिम्मेवारी दिनेश आचार्यलाई
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल प्रहरी प्रधानकार्यालयले कञ्चनपुरसहित १२ प्रहरी उपरिक्षक (एसपी)को काज सरुवा गरेको छ । आईजीपी सचिवलायका प्रहरी उपरिक्षक (एसपी) प्रस्तावित वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) रामदत्त जोशीकाअनुसार कञ्चनपुर प्रहरी प्रमुखमा दिनेश आचार्यलाई पठाइएको छ भने दिनेशराज मैनालीलाई जिल्ला प्रहरी कार्यालय झापाको प्रमुखको रुपमा काज सरुवा गरिएको छ ।

जोशीकाअनुसार मुकेश कुमार सिंह मकवानपुर, गोपालचन्द्र भट्टराई सर्लाही, कुवेर कडायत सामाखुसीस्थित पहरा गणमा सरुवा भएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

कडायत निर्मला प्रकरणमा तत्कालीन कञ्चनपुर प्रहरीका उपरिक्षक दिल्लीराज विष्ट निलम्बनमा परेपछि कञ्चनपुर गएका थिए । यस्तै बागलुङमा कृष्णहरी शर्मा, योगबहादुर पाल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया, दीपक खरेल एक नम्बर गण महाराजगन्जमा सरुवा भएका छन् ।

केदार ढकाल महानगरीय अपराध महाशाखामा सरुवा हुँदा रौतहट प्रहरी प्रमुखमा भूपेन्द्र खत्री, प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दीपक रेग्मी र  दंगा नियन्त्रण गण हेटौंडामा ध्रुवराज राउतलाई काज सरुवा गरिएको जोशीले बताए । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १, २०७५  ११:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC