site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
वैद्यले कसलाई ‘पश्चगमनको बाटो समातेको’ भने ?
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्यले २४ औं जनयुद्ध दिवसको स्मरण गर्दै तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हुँदै पश्चगमनको बाटो समातेको जनाएका छन् ।
कसैको नाम नलिइकन वैद्यले सो आरोप लगाएका हुन् । भोलि फागुन १ गते तत्कालीन नेकपा माओवादीद्वारा शुरु गरिएको ‘जनयुद्ध’को २४ औ वार्षिकोत्सवको सन्दर्भमा उनले मंगलबार सो वक्तव्य जारी गरेका हुन् ।
उनले अगाडि भनेका छन्,‘‘ नेपालमा सञ्चालित महान् जनयुद्धले गम्भीर धक्का खाए पनि जनताका त्याग, वीरता र बलिदानका उत्कृष्ट मूल्यहरु खेर गएका छैनन् र तिनले भावी क्रान्तिका निम्ति अनन्त ऊर्जा प्रदान गरेका छन् । जनयुद्धका तत्कालीन नेतृत्वको एउटा हिस्साले संशोधनवाद हु“दै पश्चगमनको बाटो पकडे पनि सच्चा क्रान्तिकारी कम्युनिस्टहरुद्वारा क्रान्तिको प्रक्रियालाई निरन्तर जारी राखिएको छ । हाम्रो पार्टी महान् जनयुद्धको चौबीसौं वर्ष प्रवेशको यस ऐतिहासिक अवसरमा नेपालमा नया“ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादको सर्वोच्च आदर्श प्राप्तिको दिशामा निरन्तर अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्दछ ।’’ 
उनले वक्तव्यमा भनेका छन्,‘‘ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ फागुन १ गते  नेपालमा महान् जनयुद्धको ऐतिहासिक पहल गरिएको थियो । अहिले हामी इतिहासका जटिल आरोह अवरोहका प्रक्रिया र गम्भीर धक्काका बीचमा चौबीसौं जनयुद्ध दिवस मनाउ“दै छौं । महान् जनयुद्धको प्रक्रियामा हजारौं अमर सहिद तथा बेपत्ता योद्धाहरु, जनमुक्ति सेनाका वीर योद्धाहरु र जनसमुदायद्वारा प्रस्तुत त्याग, वीरता तथा बलिदानका अद्भूत कीर्तिमान अविस्मरणीय रहेका छन् । त्यस्तै, विश्व सर्वहारा वर्ग र जनसमुदायले गरेका समर्थन, सहयोग र सहानुभूति पनि अविस्मरणीय रहेको छ । चौबीसौं जनयुद्ध दिवसको यस ऐतिहासिक अवसरमा हामी वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान अर्पण गर्दछौं । साथै, हामी घाइते तथा अपाङ्ग योद्धाहरुको ससम्मान उच्च कदर गर्दछौं । यसरी नै हामी आदरणीय जनसमुदाय, शुभेच्छुक मित्रहरु, संपूर्ण पार्टी कमरेडहरु र भाइचारा पार्टी तथा संगठन र विश्व सर्वहारा वर्गप्रति न्यानो शुभकामना र लाल सलाम अर्पण गर्दछौं ।’’
        
उनले वक्तव्यमा भनेका छन्,‘‘ क्रान्तिको प्रक्रियामा पनि दलाल तथा नोकरशाही पु“जीवाद, साम्राज्यवाद, विस्तारवाद तथा सबैखाले प्रतिक्रियावाद र संशोधनवादद्वारा निरन्तर प्रतिक्रान्तिको प्रक्रिया जारी रहन्छ । परन्तु, ती सबैको सामना गर्दै अन्ततः माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शनमा नेपाली क्रान्ति र विश्व क्रान्तिकै विजयसमेत्  अपरिहार्य छ । ’’    
                                   

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC