site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेकपाले जनयुद्ध दिवस मनाउने, श्रद्धाञ्जली कार्यक्रम राख्न प्रदेश र जिल्ला कमिटीलाई निर्देशन
Sarbottam CementSarbottam Cement

काठमाडौं । माओवादी जनयुद्ध शुरू भएको सम्झनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनआन्दोलन तथा जनयुद्ध दिवस मनाउने भएको छ ।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा शुरू भएको सशस्त्र संघर्षका बारेमा तत्कालीन एमालेले भिन्न मत राख्दै आएको भए पनि माओवादी केन्द्रसँग पार्टी एकता भएपछि नेकपाले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली अर्पण गर्न लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

“जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्झनामा फागुन १ गते पार्टीका प्रदेश र जिल्ला कार्यालयमा श्रद्धाञ्जली कार्यक्रम राखिएको छ,” पार्टी महासचिव विष्णु पौडेलले बाह्रखरीसँग भने ।

नेकपाको प्रदेशबाहेक जिल्ला कमिटी एकता नभइसकेकाले संयुक्त रूपमा कार्यक्रम राख्न निर्देशन दिएको नेकपाले जानकारी दिएको छ । सातै प्रदेश, जिल्ला कमिटी र भ्रातृ संगठनसमेतले जनयुद्धको सम्झनामा श्रद्धाञ्जली र विविध कार्यक्रम आयोजना गरेको नेकपाको भनाइ छ ।

Global Ime bank

अखिलले दीप प्रज्ज्वलन गर्ने
जनयुद्ध दिवसको सन्दर्भमा नेकपा निकट अनेरास्ववियु र अखिल क्रान्तिकारीले संयुक्त रूपमा बुधबार बिहान श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने र साँझ माइतीघरमण्डलामा दीप प्रज्ज्वलनको कार्यक्रम आयोजना गर्ने भएको छन् ।

दुवै संगठनको सोमबार बसेको बैठकले फागुन १ गते जनयुद्ध र जनआन्दोलनमा सहादत प्राप्त गर्ने सहिदहरूको सम्झनामा संयुक्त रूपमा श्रद्धाञ्जली कार्यक्रम गर्ने निर्णय गरेका छौँ,” अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बाह्रखरीसँग भनिन्, “१ गते केन्द्रका तर्फबाट साँझ माइतीघर मण्डलामा दीप प्रज्ज्वलन गर्छौं । देशभरका सबै जिल्ला कमिटी र क्याम्पसमा आफ्नो अनुकूल हुनेगरी संयुक्त कार्यक्रम गर्न पनि निर्देशन दिएका छौँ ।”

यसैबीच सरकारले १ फागुनकै दिन प्रधानमन्त्री स्वरोजगार कार्यक्रम घोषणाको तयारी गरेको छ । जनयुद्ध दिवसको सम्मानमा दुई पार्टीको एकता अझै बलियो छ भन्ने सन्देश प्रवाह गर्न जनयुद्ध दिवसकै दिन श्रम तथा रोजगार मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्न लागेको बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २९, २०७५  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC