site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
यसकारण स्वादिलो लाग्दैनन् विमानका खानेकुरा 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

एजेन्सी । अधिकांश यात्रुले विमानको खाना घरमा खाँदाको भन्दा धेरै फरक पाउने गर्दछन् । वास्तवमा न्युन चाप र ह्युमिडिटी (नमी) ले नै उचाइमा पुग्दा हाम्रो जिब्रोको स्वाद थाहा पाउने क्षमतालाई प्रभावित गर्ने गरेको छ । यसमा पनि विशेषगरीे गुलियो वा नुनिलो स्वादमा ३० प्रतिशत फरक आउने गरेको छ । तर तितो, अमिलो र पिरो खाँदा भने खासै फरक नपर्ने बताइन्छ । 
विमानहरुलाई पनि यसबारेमा थाहा पाइरहेको हुँदा उनीहरुले यो समस्याको समाधानकै लागि विशेष रेसिपी प्रयोग गरिरहेका छन् भने मानिसहरुको स्वाद अनुसारको खानेकुरा बढी राख्न थालेका हुन् । जस्तै घरमा हुँदा टमाटरको जुस मन नपराउनेले विमानमा भने स्वादिष्ट मानेर खाने गरेको पाइएको छ । यस्तोमा जर्मनीको सबैभन्दा ठूलो एयरलाइन लफान्साले वार्षिक १८ लाख लिटर टमाटरको जुस उपभोग हुने गरेको बताएको हो । 
त्यसैगरी मदिराको स्वाद पनि विमान भित्रको हावा र चापका कारण फरक हुने गर्दछ । विशेषगरी कम ह्युमिडिटीका कारण यात्रुहरुले आफूले नियमित सेवन गर्ने वाइन विमानमा धेरै तितो र फरक स्वादको पाउने गरेको बताउँछन् । उचाइमा मदिराको एसिडिटी बढ्ने हुनाले नै यस्तो हुने गरेको हो । त्यसैले पनि विमानमा स्याम्पेन कमै प्रयोग गर्ने गरिएको छ । यस्तोमा कतिपय विमानहरुले आफ्नो पेय पदार्थ आफैँ बनाउन सुरु गरेका हुन् । जस्तै २०१७ देखि क्याथे प्यासिफिकले आफ्नै बियरको प्रयोग सुरु गरेको छ जसलाई उचाइँमा यात्रुहरुको फरक स्वादमा केन्द्रित रहेर बनाइएको हो । यसमा बियरको तितोपना हटाउन फलफुल र मह बढी प्रयोग गरिएको बताइएको छ । जुन जमिनमा सेवा गर्दा अत्याधिक गुलियो लाग्न सक्छ तर उचाइमा भने त्यही गुलियोपनाले बियरलाई स्वादिष्ट बनाइदिन्छ ।  – द इकोनोमिस्ट

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  २२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC