site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भीमदत्तमा एक लाखलाई हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा फागुन १५ गतेदेखि सञ्चालन हुने राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियानका लागि तयारी थालिएको छ । भीनपा आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखाले नगरपालिकाका सबै वडामा कार्यक्रम सञ्चालनका लागि तयारी गरेको हो । आधारभूत स्वास्थ्य तथा सरसफाई उपशाखाका प्रमुख भीम बहादुर महराले नगरपालिकाका सबै वडामा अभियान सञ्चालनका लागि तयारी सुरु गरिएको बताए ।
“फागुन १५ गतेदेखि नगरपालिकामा राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान सञ्चालन हुन गइरहेको छ, त्यसका लागि नगर प्रमुख सहित जनप्रतिनिधिसित छलफल गरिएको छ,” उनले भने, “यसपछि वडा वडामा पनि छलफल गरी तयारी थाल्छौ ।”
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा केही दिनअघि बसेको बैठकले अभियान सञ्चालनका लागि नगरस्तरीय योजना निर्माण गरेको उप शाखा प्रमुख महराले बताए ।
भीमदत्त नगरपालिकामा एक लाखभन्दा बढी बासिन्दालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने लक्ष्य राखिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा केही दिन अघि बसेको बैठकले अभियान सञ्चालनका लागि नगर स्तरीय योजना निर्माण गरेको उपशाखा प्रमुख महराले बताए । दुई वर्षभन्दा माथिका सबै र गर्भवती, दिर्घ रोगी बाहेक सबैलाई औषधि खुवाइनेछ ।
नगरका सबै वडामा स्वास्थ्यकर्मी सहित महिला स्वास्थ्य स्वयम् सेविका अभियानमा परिचालन गरिने भएका छन् । स्थानीय तह निर्वाचन अघि जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाभर हात्तीपाइले रोग विरुद्धको अभियान सञ्चालन गर्दै आएको थियो । नयाँ संरचना अनुसार पहिलो स्थानीय तहमा अभियान सञ्चालन तयारी गरिएको हो ।
भीमद त्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले हात्तीपाइले रोग निवारण अभियान महत्वपूर्ण भएकाले भव्य रुपमा तयारी थभएकाले भव्य रुपमा तयारी थाल्न सम्बन्धित शाखालाई निर्देशन दिएका छन् ।
यसैबीच सोमबार भीमदत्त नगरपालिकाकामा जनप्रतिनिधि र शाखा प्रमुख अभियान सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । भीनपा सामाजिक विकास समितिका सभापति हरक सिह धामीको सभापतित्वमा गरिएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रमानन्द भट्टले राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान सम्बन्धी जानकारी गराए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC