काठमाडौं । अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुंगामा आफ्नो आधिकारिक नयाँ शोरुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित रुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।
शोरुमको उद्घाटन कम्पनीका प्रवन्ध निर्देशक क्याविनेट श्रेष्ठ, प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश नं. १ का सांसद अम्बिरबाबु गुरुङले गरेका हुन् ।
रुम्जाटार अटोमोबाइल्समा महिन्द्राका जेन्युन पार्टस् पाइनुका साथै, विक्री एवम् विक्रीपछिको सेवा प्रदान गरिने शोरुमका प्रवन्ध निर्देशक राज घलेले बताए ।
स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोर ह्वील सवारी, सर्भिसिङ तथा जेन्युन स्पेयर पार्टस् उपलब्ध हुने कम्पनीको दाबी छ ।