site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पार्टीभित्र ‘द्वन्द्व’ उत्पन्न भएपछि नेविसंघ अध्यक्ष राजीनामा दिँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को विषयमा अन्योल बढीरहेका बेला अध्यक्ष नैनसिंह महर पदबाट राजीनामा दिने मनस्थितिमा पुगेका छन् । पार्टीका नेताहरुबाट आएको ‘प्रेसर’ थेग्न नसकेपछि अध्यक्ष महरले आज दिउँसो पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिने तयारी गरेका छन् । 

नेविसंघकै विषयमा पार्टीभित्र नेताहरुका बीचमा ‘द्वन्द्व’ देखिएपछि उनले राजीनामा गरेर मार्गप्रसस्त गर्न खोजेको श्रोतको भनाइ छ । श्रोतका अनुसार अध्यक्ष महर राजीनामाका लागि केन्द्रीय कार्यसमितिमा रहेका विद्यार्थी नेताहरुसँग छलफल गरिरहेका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफू पदबाट राजीनामा दिने मनस्थितिमा रहेको र संगठन र पार्टीभित्र छलफल गरिरहेको प्रतिक्रिया दिएका छन् । ‘‘मनस्थिति बनाएको छु । महाधिवेशन गर्ने वातावरण भएन । स्ववियु पनि छ भन्ने । फेरि हाम्रो समय पनि सकियो । अहिले नै क्लियर भएको छैन्, छलफलमा छु’’ अध्यक्ष महरले बाह्रखरीसँग भने । 

यसअघि आइतबार पत्रकार सम्मेलन पछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेविसंघको विवाद छिट्टै समाधान हुने प्रतिक्रिया दिएका थिए । ‘‘नेविसंघको विवाद टुंगिन्छ । सम्भवत यो विषयमा केन्द्रीय कार्यसमितिले निर्णय गर्नु पर्दैन होला, बाहिर नै समाधान हुन्छ,’’ उनले घुमाउरो पारामा भनेका थिए । 

Global Ime bank

नेविसंघको विधान संशोधन गरेर थपिएको पाँच महिनाका समयावधी माघ २ गते पूरा भैसकेको थियो । तर पार्टीले माघ १० गते बस्ने केन्द्रीय कार्यसमितिले गर्ने निर्णय बमोजिम हुने गरी नेविसंघको केन्द्रीय कार्यसमितिलाई यथावत राखेको थियो । माघ १० गते सुरु भएको बैठकको निरन्तरता स्वरुप आज पनि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसिरहेको छ ।    
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०७५  १२:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC