site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश नम्बर–२को निर्णप्रति कांग्रेसको आपत्ति
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउतलाई जननायक बीपी कोइरालाको नाममा निर्माण उद्यान गर्नका लागि भएको निर्णयलाई वदर गर्ने दुष्प्रयास नगर्न चेतावनी दिएको छ । 

वीरगन्जमा निर्माणाधीन बीपी उद्यानको नाम परिवर्तन गरेर सहिद उद्यान बनाउने भन्दै प्रदेश नम्बर–२ का मुख्यमन्त्री राउतले शिलन्यास गरेपछि बीपी कोइरालाको नाममा निर्माण उद्यान गर्नका लागि भएको निर्णयलाई वदर गर्ने दुष्प्रयास नगर्न चेतावनी दिएको हो । 

कांग्रेस आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मुख्यमन्त्री राउतले सहिद उद्यान निर्माण गर्ने भनेर शिलन्यास गरेको जमीनमा बीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने प्रमाणसमेत सार्वजनिक गरेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रवक्ता शर्माले विरगञ्ज उपमहानगरपालिकाको नाममा रहेको जग्गाधनी दर्ता प्रमाण पूर्जाको फोटोकपी सार्वजनिक गर्दै उक्त जमीनमा बीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनका लागि प्रयोग गर्न नपाइने प्रमाण पेस गरेका हुन् । 

प्रवक्ता शर्माले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको जग्गाधनी दर्ता प्रमाण पूर्जामा ‘श्री ५ को सरकार (म.प.) को मिति २०६० कात्तिक २७ को निर्णय अनुसार विरगञ्ज उपमहानगरपालिकाले बेचबिखन, हक अस्तान्तरण गर्न नपाउने । वीपी उद्यान बाहेक अन्य कुनै पनि प्रयोजनमा प्रयोग गर्न नपाइने’ स्पष्ट रुपमा उल्लेख गरिएको छ ।   
यसअघि सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताललाई प्रदेश सरकार मातहत प्रयास गरेको उदाहरण दिँदै शर्माले अहिले फेरि बीपी कोइरालाको नाममा वीरगन्जमा शिलान्यास गरिएको उद्यानलाई प्रदेश सरकारले अर्कै नाममा निर्माण गर्ने भन्दै पुनः शिलान्यास गरेको प्रति आपत्ति जनाए । 

Global Ime bank

२०५९ सालमा तत्कालीन शाही सरकारले गोपाल गिरीलाई वीरगञ्ज उपमहानगरको मेयर बनाउँदा पनि नमेटिएको वीपीको नाम अहिलेको केपी ओली नेतृत्वको सरकारले मेट्न खोजेको उनले आरोप लगाए । राजाले नियुक्त गरेका मेयर गिरीले समेत १० विघाह जग्गामा बीपी उद्यान बनाउने प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले तत्कालीन श्रम तथा यातायात मन्त्री डा. प्रकाशचन्द्र लोहनीले बीपी उद्यानको शिलान्यास गरेको सम्बन्धमा गोरखापत्र दैनिकमा प्रकाशित समाचारसमेत प्रमाणका रुपमा पेस गरे । 

‘तत्कालीन राजाले नियुक्त गरेका मेयरले पनि वीपीकै नाममा उद्यान बनाउने भन्नुभयो । तत्कालीन मन्त्री ढा. प्रकाशचन्द्र लोहनीले शिलन्यास समेत गरिसक्नुभएको हो,’’ प्रवक्ता शर्माले भने, ‘‘लालबाबु राउतले अहिले आएर सहिदको नाममा उद्यान बनाउने घोषणा गरे । यो विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । निषेधको राजनीति चलाउन खोजिएको छ, हामी यसको घोर विरोध गर्दछौंँ ।’’ 

कांग्रेसले पूर्वनिर्णयलाई यथावत राखेर बीपी उद्यान निर्माणको कार्य तत्काल अगाडि बढाउन पनि केन्द्र, प्रदेश र स्थानीय तहको सरकारसँग माग गरेको छ । बीपी उद्यानका लागि छुट्याइएको जग्गा अन्य कुनै पनि प्रयोजका लागि प्रयोग गर्न नपाउने भन्दै कांग्रेसले माग समबोधन नभए सडकदेखि संसदसम्म आन्दोलन चर्काउने चेतावनी दिएको छ ।  

‘‘प्रश्न एउटा उद्यानको मात्रै होइन, प्रश्न नेपाली राजनैतिक इतिहासका सर्वाधिक प्रिय राजनीतिज्ञको नाम पनि हो । तर प्रश्न उहाँको नामको मात्रै होइन मूल प्रश्न वर्तमान नेपाली राजनीतिमा बढ्दै गएको निषेधको प्रवृत्ति पनि हो,’’ प्रवक्ता शर्माले भने, ‘‘नियतवश गरिएको बीपीको नामप्रतिको अवहेलनाको गम्भीर दुस्साहसलाई तत्काल सच्याउन नेपाली कांग्रेस आग्रह गर्दछ । अन्यथा तत्कालै संसददेखि सडकसम्म कडा दबाबको सामना गर्नुपर्ने पनि चेतावनी दिन चाहन्छ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०७५  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC