काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका आदिकवि भानुभक्त आचार्यलाई संझेका छन् । जलपाइगुडीमा शुक्रबार आयोजित एउटा चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले त्यसरी नेपालका आदिकवि भानुभक्तलाई संझेका हुन् ।
उनले सम्बोधनको शुरुकै अंशमा जलपाइगुडीलाई महादेव भोलेनाथको आशिर्वाद प्राप्त स्थान रहेको बताउँदै भने,“यो धरती नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको कर्मस्थल पनि हो । जसले रामायणलाई नेपाली भाषामा उल्था गरे । यस्ता महान् व्यक्तिको आदरपूर्वक नमन गर्दछु ।”
उनले मन्तव्यका क्रममा उक्त क्षेत्र हुँदै नेपाल र बंगलादेश जोड्ने एशिया हाइवे पनि बन्न लागेको बताउँदै त्यसका लागि केन्द्र सरकारले हजारौ करोड रुपिया छुट्याएको समेत बताएका छन् । कनेक्टिभिटी बढाउनका लागि यो हाइवे बन्न लागेको उनको तर्क थियो ।