site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अध्यक्ष महरलगायत नेतालाई बिनासर्त रिहा गर्न नेविसंघको माग
KFC Island Ad
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सरकारविरुद्धको प्रदर्शनका क्रममा पक्राउ परेका अध्यक्ष नैनसिंह महरलगायतका विद्यार्थी नेताहरुलाई बिनासर्त रिहाइको माग गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले विज्ञप्ती जारी गरेर अध्यक्ष महरसहित पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल विना सर्त रिहाइ गर्न माग गरेका हुन् । 
पोखरामा झुटा मुद्दा लगाएर थुनामा राखिएका विद्यार्थी नेताहरुको बिनासर्त रिहाइको माग गर्दै निकालिएको र्यालीबाट अध्यक्ष महर, उपाध्यक्ष नवीन राई, विद्यार्थी नेताहरु डम्मर सुनार, शंकर खड्का, सरोज तिमिल्सेना, निराजन नेपाल, सञ्जिव ढकाल, सागर पाण्डे, हृदयराज मिश्र, सुनिल सोडारी, तपेन्द्र बुढा, सुवास अधिकारी पक्राउलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको थियो । 
नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोडेर प्रदर्शन गरिरहेको अवस्थामा पक्राउ परेका विद्यार्थी नेताहरुलाई नेपाल पुलिस क्लब र गौसालामा राखिएको नेविसंघले जनाएको छ । शान्तिपूर्ण आन्दोलन गर्न पाउने लोकतान्त्रिक अधिकारविरुद्ध ओली सरकारले विद्यार्थी नेताहरु पक्राउ गरेको भन्दै नेविसंघले आपत्ति जनाएको छ । 
महामन्त्री काफ्लेद्वारा जारी विज्ञप्तीमा पक्राउ परेका विद्यार्थी नेताहरुलाई तत्काल रिहा नगरे कडा आन्दोलनमा उत्रिने र आन्दोलनबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार सरकार हुनुपर्ने चेतावनी दिइएको छ । त्यस्तै नेविसंघले घोषणा गरेको कार्यक्रम अन्तर्गत पोखरामा पक्राउ परेका विद्यार्थीको रिहाइको माग राख्दै जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि धर्नामा बसेका बेला मंगलबार नै पक्राउ परेका विद्यार्थी भानु ढकाल, विधान लामछिाने, सागर सापकोटा र गोविन्द नेपालीलाई पनि विना सर्त रिहाई गर्न नेविसंघले माग गरेको छ ।  
माघ १९ गते शनिबार सरकारी सवारी साधनको आवतजावतमा अवरोध पुर्याउने नेविसंघको आन्दोलनका क्रममा गाडीमा आगजनी भएपछि कास्की प्रहरीले केही विद्यार्थीलाई पक्राउ गरेका थियो । तर नेविसंघले उनीहरुमाथि प्रहरीले सरकारको ठाडो आदेशमा झुटा मुद्दा लगाएर फसाउन खोजेको दाबी गर्दै आन्दोलन घोषणा गरेको छ । 
आन्दोलन अन्तर्गत नेविसंघले भोली गण्डकी प्रदेशमा सरकारी सवारी साधना चल्न नदिने, माघ २४ गते पोखरामा बृहत् सभा गर्ने र माघ २५ गते देशभर सरकारी सवारी साधन चल्न नदिने घोषणा गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ २२, २०७५  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro