site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अख्तियारका प्रमुख आयुक्त घिमिरे भन्छन्– अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउनु आयोगको रहर होइन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सरकारी निकायद्वारा सञ्चालित आयोजनाको कार्यान्वयनमा अनियमितता तथा लापरवाही गर्ने पदाधिकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउनु अख्तियारको रहर नभई बाध्यता रहेको बताएका छन् । अख्तियारले आइतबार आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । 
“आयोजना प्रमुखहरुलाई आयोजना व्यवस्थापनको कार्यक्रममा जिम्मेवार बनाउन र आयोजनाको कार्यहरु तोकिएकै लागतमा तोकिएकै समय र गुणस्तरमा सम्पन्न गर्ने सुनिश्चितता प्रदान गर्न निर्देशन दिनुभयो,” अख्तियारद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, “आयोगले आयोजनाका काम कारवाहीहरुलाई सुक्ष्म रुपमा अध्ययन गरिरहेको र कुनै प्रकारको अनियमितता वा लापरवाही देखिएमा जिम्मेवार पदाधिकारीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउने र सो कार्य गर्नु आयोगको रहन नभई बाध्यता रहेको समेत जानकारी गराउनुभयो ।” 
सार्वजनिक निर्माणमा देखिएका समस्या एवं बेथितिहरु हटाउनको लागि विभिन्न मन्त्रालयका सचिव तथा महाशाखा प्रमुखहरुलाई छलफलको लागि आइतबार अख्तियारमा बोलाइएको थियो । छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, खानेपानी मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रतिनिधिहरु उपस्थित रहेका थिए । 
“समग्रमा १ हजार ८ सय ४८ आयोजनाहरूको निर्माण कार्य समयमा सम्पन्न नभई अलपत्र अवस्थामा रहेका, २३ अर्बभन्दा बढी सरकारी रकम मोबिलाइजेसन पेश्कीका रूपमा ठेकेदारले प्रयोग गरिरहेका तर ती आयोजनाहरू सम्पन्न नभई अधिकांशको म्याद थप नै नभएको र कतिपयको पटक पटक म्याद थप भएर पनि कार्यसम्पन्न नभएकोले सरकारी स्रोतको अधिकतम उपयोग हुन नसकेको हुँदा यसतर्फ गम्भीर हुन जिम्मेवार पदाधिकारीहरूको ध्यानाकर्षण गराउनुभयो,” विज्ञप्तिमा जनाइएको छ । 
सम्बन्धित निकायबाट प्रस्तुत भएको कार्ययोजनालाई वस्तुगत तथा आयोजनागत रुपमा विश्लेषण गरी यथार्थपरक बनाउन र कार्यान्वयनमा ल्याउन, मन्त्रालय र विभागको अनुगमन संयन्त्रलाई थप चुस्त, दुरुस्त बनाइ निर्माण व्यवसायीहरूबाट सम्पादित कार्यको प्रभावकारी अनुगमन गर्न, आयोजना प्रमुखहरूलाई आयोजना व्यवस्थापनको कार्यमा जिम्मेवार बनाउन र आयोजनाको कार्यहरू तोकिएकै लागतमा तोकिएकै समय र गुणस्तरमा सम्पन्न गर्ने सुनिश्चितता प्रदान गर्न समेत उनले निर्देशन दिएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २०, २०७५  १७:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC