साहित्य
काठमाडौं । अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा चलचित्रका अधिकांश कलाकार फिचर्ड छन् ।
फुटबलमा गोल्ड मेडल जित्ने अठोट बोकेको युवकको कथा समेटिएको चलचित्र ‘क्याप्टेन’मा अनमोल फुटबल खेलाडीको भूमिकामा छन् । अनमोलसँगै अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभी मुख्य भूमिकामा छन् ।
चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ । फागुन १७ गते रिलिज हुने चलचित्रलाई निर्देशक दीवाकर भट्टराईले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: शुक्रबार, माघ १८, २०७५ १७:३४
प्रतिक्रिया दिनुहोस्